मलाई मेरा देशका युवा पुस्ता देख्दा ‘कठै’ भन्न मन लाग्छ । आजको युवा पुस्ता भोलि नेता, मन्त्री, महामन्त्री, मेयर उपमेयर, सचिव, उपसचिव बन्ने सपना बोकेकाहरू केवल झोले कार्यकर्ता मात्रै भएको दुःख लाग्छ । राजनीतिक पार्टीको असल नेता बन्न सक्षम, क्रियाशील र इमान्दारपन गुण भएको व्यक्ति हुनुपर्छ । तर हाम्रो देशमा शताब्दी पुराना सिद्धान्त र मृत्यु भएका नेताको नाम बेचेर राजनीति गर्ने परम्परा अझै सकिएको छैन, बरु बढ्दै छ । यसमा हामीजस्ता युवावर्गको पनि निकम्मापन देखिन्छ । राज्य केवल सस्तो लोक