मदन भण्डारी राजमार्गमा पुल निर्माण

काठमाडौं । मुलुकमा पूर्वदेखि पश्चिम जोड्ने चौथो राजमार्गका रुपमा रहेको मदन भण्डारी राजमार्गमा ९७ वटा पुलको निर्माण सम्पन्न भएको छ । एक सय ८५ वटा पुल निर्माण गर्ने योजना रहेकोमा लगभग आधा पुल निर्माण सम्पन्न भएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । यस आयोजनामा अधिकांश लामा ठूला पुल सम्पन्न भइसकेको र अब ८८ […]

सम्बन्धित सामग्री

मदन भण्डारी राजमार्ग : झापा–सुनसरी खण्डका १४ पुल निर्माण

मदन भण्डारी राजमार्गअन्तर्गत  झापा–सुनसरी खण्डमा पर्ने ३७  पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी रहेका अधिकांश पुलको समेत मूल संरचनाको काम सकिएको छ । उनले निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर दूरीसम्मका रहेको जानकारी दिए ।

मदन भण्डारी राजमार्गमा एक सय आठ पुल निर्माण

पूर्व-पश्चिम जोड्ने देशको चौथो राजमार्गका रूपमा मदन भण्डारी राजमार्ग आयोजनाअन्तर्गत एक सय आठ पुल निर्माण गरिएको छ ।

मदन भण्डारी राजमार्गमा पुल निर्माण सम्पन्न

राष्ट्रिय गौरवको निर्माणाधीन मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको बसाहादेखि हेटौँडा उपमहानगरपालिकासम्मका अधिकांश पुल निर्माण सम्पन्न भएका छन् । उदयपुरको बसाहादेखि हेटौँडा उपमहानगरपालिका–६, चौघडासम्म २५० किलोमिटर लामो उक्त राजमार्गमा पर्ने ९६ वटा पक्की पुलमध्ये ९४ वटा पुल निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

बागमती नदीमा पक्की पुल

बागमती । बागमती प्रदेशको राजधानी हेटाँैडा र सिन्धुली जोड्ने  सडकखण्डअन्तर्गत बागमती नदीमा पक्की पुल निर्माण भएको छ । सिन्धुलीको हरिपुरगढी गाउँपालिका–४ तथा मकवानपुरको बागमती गाउँपालिका–४ जोड्ने बागमती नदीमा पक्की पुल निर्माण भएको मदन भण्डारी राजमार्ग योजनाको कार्यालय हेटाँैडाले जनाएको छ । पुल निर्माणले सो क्षेत्रको आवागमन सहज भएको छ । विसं २०६८ असार २९ गतेदेखि शुरू भएको सो पुल ११ वर्षपछि निर्माण भए सँगै सवारीसाधन आवागमन शुरू भएको छ । सडकको दायाँबायाँ एप्रोच सडक कालोपत्र र तटबन्ध निर्माणको काम पनि भइरहेको छ । ११ ओटा स्पान रहेको पुलको लम्बाइ ४०५ मिटर लामो रहेको योजनाका प्रमुख राजेन्द्रप्रसाद दासले बताए । सो पुल निर्माण सम्पन्न भएपछि प्रदेश राजधानी हेटौंडा जान सिन्धुली, रामेछाप, काभे्र र दोलखालगायतका जिल्लालाई सहज भएको छ । सो क्षेत्रमा पुल नहुँदा नदी तरेर जानुपर्ने बाध्यता थियो । तत्कालीन अवस्थामा सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गका रुपमा  देखिएको उक्त राजमार्गलाई हाल मदनभण्डारी नामकरण गरिएको छ । मदनभण्डारी राजमार्गको पश्चिमतर्फ सिन्धुलीको कमलामाई नगरपालिकाको भीमानदेखि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ चौघडासम्म कुल ११५ किमी सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । २० करोड ६२ लाखमा निर्माण हुने सो पुल पाँच वर्षमा निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो । तर पुल निर्माणमा आलटाल गरेपछि समयावधि थपगरी २०७५ असोजसम्म बनाइएको थियो । रासस

ठेक्का लागेको ११ वर्षपछि बागमतीमा पक्की पुल

मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका–४ र मकवानपुरको बाग्मती-४ जोड्ने बागमती नदीको पक्की पुल निर्माण सम्पन्न भएको हो। हेटौंडा सिन्धुली चतरा (मदनभण्डारी) राजमार्ग अन्तर्गत सिन्धुली र मकवानपुर जोड्ने गरि बागमती नदीमा पक्कि पुल बनेको हो।

ठेक्का लागेको ११ वर्षपछि बागमतीमा पक्की पुल

मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका–४ र मकवानपुरको बाग्मती-४ जोड्ने बागमती नदीको पक्की पुल निर्माण सम्पन्न भएको हो। हेटौंडा सिन्धुली चतरा (मदनभण्डारी) राजमार्ग अन्तर्गत सिन्धुली र मकवानपुर जोड्ने गरि बागमती नदीमा पक्कि पुल बनेको हो।

१० वर्षसम्म तयार नभएको पुलमा मुख्यमन्त्रीको चासो

मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुली र मकवानपुर जोड्ने गरी बागमती नदीको पुल १० वर्षसम्म नबनेपछि मुख्यमन्त्री राजेन्द्र पाण्डेले चासो देखाएका छन् ।

पुष्पलाल राजमार्गमा सडकको सीमा अझै निर्धारण हुन सकेन

काठमाडौं । राष्ट्रिय गौरवको पुष्पलाल (मध्यपहाडी राजमार्ग) सम्पन्न गर्नुपर्ने अवधि २ वर्ष मात्रै बाँकी हुँदा अझै सीमा निर्धारण हुन सकेको छैन । सामान्यतया राष्ट्रिय राजमार्ग भन्नाले चौडाइ २५/२५ मीटर बुझिए पनि यहाँको आवश्यकता र उपलब्धताका आधारमा राजमार्गको सीमा निर्धारण हुनुपर्नेमा त्यो हुन नसकेको हो । दुई लेन निर्माण गर्न पनि राजमार्गका लागि आवश्यक जग्गा उपलब्ध हुन नसकेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयले जानकारी दिएको छ । राजमार्गकै रेखाङ्कनमा पर्ने वैदेशिक सहायताको सडकमा मुआब्जा वितरण गरिएको भए पनि आयोजनाले निर्माण गर्दा मुआब्जा दिन नसकिएको प्रमुख अर्जुनप्रसाद अर्यालले बताए । एकै ठाउँमा पनि कुनै जग्गामा कुनैमा मुआब्जा दिने र कतै नदिइने गर्दा समस्या रहेको उनले बताए । उनले भने, ‘जग्गा अधिग्रहण गर्न नसकिएकाले पनि समस्या आइरहेको छ ।’ केही ठाउँमा सडकको रेखाङ्कन बजारबाट लैजानुपर्दा घर भत्काएर जग्गा उपलब्ध गराउन समस्या भएको छ । लमजुङको सुन्दर बजार, भोर्लेटार रामबजार र कास्कीको भैंसे–बाझपाटन–याम्दी पुल सडकखण्डमा यो समस्या रहेको छ । जग्गा प्राप्तिको प्रक्रिया पूरा नगरी ठेक्का गर्न नपाउने कानूनी प्रावधान छ । संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकारका कारण विभागले व्यक्तिको जग्गामा उसले नचाहँदा सडक निर्माण गर्न नसक्ने उनले बताए । व्यक्तिगत सम्पत्ति भएका ठाउँमा जग्गा प्राप्त गरेर ठेक्काको काम गर्न कठिन छ । निर्माण गर्नुपर्ने स्थानमा मात्रै होइन, निर्माण भइसकेका सडकमा समेत जग्गाको विवाद समाधान नभएको आयोजनाले जानकारी दिएको छ । अहिले सडक सञ्चालन भएका कतिपय जग्गा अझै पनि व्यक्तिका नाममा हुनु पनि समस्याका रूपमा रहेको प्रमुख अर्यालले बताए । उनका अनुसार सरकारले कानून नै बनाएर गाडी गुडिरहेको सडकलाई आफ्नो नाममा ल्याउनुपर्ने देखिएको छ । यो समस्या अरू आयोजनामा समेत रहेकाले रणनीतिक सडकको सीमा निर्धारण गरी राजपत्रमा सूचना प्रकाशित गर्नुपर्ने उनले बताए । उनले भने, ‘राष्ट्रिय गौरवको योजनामा सडकको रेखाङ्कन र सडक सीमा यकिन भइसकेपछि जग्गाको लगत कट्टा सरल र छिटो तरीकाले हुनुपर्छ ।’ एकातिर सरकारले भइरहेका सडक चौडा बनाउने योजना बनाइरेको छ भने अर्कातिर स्थानीय बासिन्दाले सञ्चालनमा रहेका राजमार्गको समेत चौडा कम गर्नुपर्ने माग गरिरहेका छन् । मदन भण्डारी राजमार्ग, बीपी राजमार्गलगायत राजमार्गमा सडकको सीमा कम गर्नुपर्ने आवाज उठ्ने गरेको छ । सडक सीमा निर्धारण नहुँदाको धेरै आयोजनासमेत रहेको हुँदा सबै रणनीतिक सडकको सीमा निर्धारण गरी राजपत्रमा सूचना प्रकाशनका लागि आवश्यक पहल गरिनुपर्ने प्रमुख अर्यालले बताए । आयोजनामा असोज मसान्तसम्ममा भौतिक प्रगति ५८ दशमलव ३५ प्रतिशत र वित्तीय प्रगति ६३ दशमलव ८५ प्रतिशत छ । आयोजनामा यस वर्ष विनियोजित बजेटमध्ये छ दशमलव २८ प्रतिशत खर्च भएको छ । असोज मसान्तसम्ममा नै यो वर्षको लक्ष्यअनुसार ८ दशमलव ४३ प्रतिशत भौतिक प्रगति रहेको आयोजनाले जनाएको छ । राजमार्गमा जम्मा १३७ पुल निर्माण गर्नुपर्नेमा हालसम्म ९० पुल सम्पन्न भइसकेका छन् । हाल २० पुल निर्माणाधीन रहेको र २७ वटाको ठेक्का व्यवस्थापन बाँकी रहेको छ । चालू आवमा भैंसे, छिप्पे, सिती र रूडी खोलामा पुलका लागि ठेक्का व्यवस्थापनका क्रममा रहेको छ । राजमार्गमा आयोजनाबाट ६६५ किमी र अरू आयोजनाबाट ४६२ किमी गरी जम्मा १ हजार १२७ किमी सडक कालोपत्र सम्पन्न भएको छ । त्यस्तै ५१६ किमी कालोपत्र सडक र २८ किमी ग्राभेल सडक निर्माणाधीन रहेको छ । हाल २३६ किमी सडक स्तरोन्नति (कालोपत्र) गर्न ठेक्का व्यवस्थापन हुन बाँकी रहकेको बताइएको छ ।  रासस

मदन भण्डारी राजमार्ग अन्तर्गत बाग्मती नदीको पुल निर्माण अन्तिम चरणमा

जेठ २४, मकवानपुर । मदन भण्डारी राजमार्गको निर्माणाधीन धरान चतरा सिन्धुली हेटौँडा सडकको मकवानपुर जिल्लाको बाग्मती गाउँपालिका—४ र सिन्धुली जिल्लाको हरिहरपुर गढी गाउँपालिका—३ को सिमानामा पर्ने बाग्मती नदीमा निर्माणाधीन पुलको करीब ८० प्रतिशत काम सम्पन्न भएको छ ।  मदन भण्डारी राजमार्गका इन्जिनीयर बीरेन्द्रप्रसाद महतोले दिएको जानकारी अनुसार १२ ओटा पिलर भएको ७१३ मिटर लम्बाइको बाग्मती पुलको लागत भ्याटबाहेक रू. २३ करोड ५३ लाखमा २०६८ असार महीनामा स्वच्छन्द निर्माण सेवाले निर्माण शुरु गरेकोमा २०७३ असारमा सम्पन्न गर्ने अवधिमा सम्पन्न नभएपछि पटकपटक गरी पाँचपटक म्याद थप गरेकामा हाल पुलको काम ८० प्रतिशत सकिएको छ ।  सो पुल निर्माण गर्ने ठेकेदारका प्रतिनिधि सन्तोष सापकोटाले विविध कारणहरु डिजायन थप गर्ने, नाकाबन्दी, भूकम्प, लकडाउन तथा प्राविधिक समस्याको कारण निर्माणमा ढिलाइ भएकामा अब द्रुत गतिमा काम भइरहेको र चार महीनामा सम्पन्न हुने गरी काम गरिरहेको बताए ।  स्थानीय बासिन्दा शंकरकुमार पराजुलीका अनुसार विगतमा बाग्मती नदीमा पुल नहुँदा तर्न ट्युबको सहायताले जोखिमपूर्वक नदी तर्नुपर्ने बाध्यता थियो ।  अब पुल बनेपछि सिन्धुली जिल्लाका जनतालाई आफ्ना कृषि उत्पादन विक्री गर्न, उच्च शिक्षा हासिल गर्न, उपचार गर्न हेटौँडा जान सजिलो हुने र यस क्षेत्रको विकासको ढोका खुल्ने बताए । रासस