काठमाडौं। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी वर्षभित्र माछामा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ। मन्त्रालयले बजेटमा माछा उत्पादनलाई प्राथमिकता दिँदै बजेट बनाएको छ। यसअनुसार माछाका भुरा उत्पादन र पोखरी खन्ने कामलाई प्राथमिकता दिने प्रवक्ता हरिबहादुर केसीले बताए। हाल नेपालमा हुने कुल खपतको ८ प्रतिशत माछा विदेशबाट आउने गरेको उनको भनाइ छ।