काठमाण्डाै – जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी)को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)मा जलवायु परिवर्तनबाट हुने हानि तथा नोक्सानीसम्बन्धी मुद्दा पेचिलो हुने देखिएको छ ।
कोप–२७ यहि २० गतेदेखि मङ्सिर २ गतेसम्म अर्थात् (नोभेम्बर ६ देखि १८ तारिख)सम्म इजिप्टको शार्म अल शेखमा हुँदैछ । सम्मेलनमा अल्पविकसित देशहरुले हानि तथा नोक्सानी वित्तको छुट्टै व्यवस्था गर्नुपर्ने मागलाई उठाउने तयारीमा छन् तर विकसित देशहरु हानि तथा नोक्सानीलाई छुट्टै सहयोग र व्यवस्था गर्ने पक्षमा ...