पहिरोले विद्यालय भवनमा क्षति,पठनपाठनमा समस्या

बैतडी : वर्षासँगै खसेको पहिरोका कारण बैतडीको सिगास गाउँपालिका-८ स्थित लेक लुपुड माविको भवनमा क्षति पुर्याउनुका साथै उच्च जोखिममा परेको छ। आज बिहान विद्यालय भवनको तल र माथि दुवैतिरबाट पहिरो खसेपछि विद्यालय भवनमा क्षति पुगेको र उच्च जोखिममा रहेको प्रधानाध्यापक हर्कबहादुर धामीले जानकारी दिए।उनले भने,' विद्यालयका दुईओटा भवनका नौ कोठा रहेका र तीमध्ये पहिरोले दुवै भवनका गरेर चारकोठामा क्षति गरेको छ। बाँकी रहेको भवन र विद्यार्थीको खाजा खाने क्यान्टिन पनि जोखिममा गरेको छ।'चार कोठे नयाँ भवन संघीय

सम्बन्धित सामग्री

विद्यालय पहिरोमा पुरियो, पठनपाठनमा समस्या

पर्वत । लगातारको वर्षाका कारण पहिरोले पर्वतमा विद्यालय पुरिएपछि पठनपाठनमा समस्या भएको छ । फलेवास नगरपालिका–२ थापाठानास्थित थापाठाना माध्यमिक विद्यालयको दुई वटा भवन पहिरोले पुरिएका हुन् । विद्यालय रहेको स्थानभन्दा करिब ५० मिटरमाथि रहेको सडकबाट खसेको पहिरोले भवन पुरिएका हुन् । तीन कोठा पुरिए पनि आठवटा कोठामा जोखिमपूर्ण रूपमा पठनपाठन गराउने गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद […]

पहिरोले पढाइ प्रभावित !

सिंगो बस्तीसहित बाटोघाटो र विद्यालय भवन समेत पहिरोको जोखिममा परेपछि दैनिक जीवनयापनमा समस्या देखिएको छ। जिल्ली गाउँ बासीलाई पानी परेको रात त्रासमा बस्नु पर्ने बाध्यता छ।...

पहिराले दुई विद्यालय जोखिममा

ढोरपाटन, २१ असार  । केही दिनदेखि परेको अविरल वर्षाका कारण बागलुङमा दुई विद्यालय पहिरोको जोखिममा परेका छन् । निसीखोला गाउँपालिका–६ स्थित देउराली प्राथमिक विद्यालय र बडिगाड गाउँपालिका–५ दागस्थित थानापति आधारभूत विद्यालय पहिरोको जोखिममा परेका हुन् । विद्यालय पहिराको जोखिममा परेपछि पठनपाठनमा समस्या भएको छ । पहिरोले देउराली प्राविको भवनको जग्गा नै बगाउन थालेको छ भने […]

पहिरोका कारण विद्यालय जोखिममा

बागलुङ  । सडक निर्माणका क्रममा खसेको सुख्खा पहिरोले बागलुङ नगरपालिका–८ सिगानाको भैण्डाँडा आधारभूत विद्यालय जोखिममा परेको छ ।  ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ बजारदेखि बोक्से–सिगाना हुँदै बरेङ शान्तिपुर जोड्ने उक्त सडक विस्तारका क्रममा

पहिरोले विद्यालय भवन भत्किँदा पठनपाठनमा समस्या

बैतडीको पञ्चेश्वर गाउँपालिका–१ सेरीस्थित गढदेव आधारभूत विद्यालयको भवन पुनर्निर्माण नहुँदा पठनपाठनमा समस्या भइरहेको छ । गत असोज पहिलो साता परेको अविरल वर्षासँगैको पहिरोले विद्यालय भवन भत्काएको थियो ।

पहिरोले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित

पञ्चेश्वर गाउँपालिका वडा नं १ सेरीस्थित गढदेव आधारभूत विद्यालयको भवन पुनः निर्माण नहुँदा खुल्ला आकाशमुनि पठनपाठन भइरहेको छ । गत असोज पहिलो साताको अविरल वर्षासँगैको पहिराले विद्यालय भवन भत्किएको हो ।  विद्यालय भवन भत्किएपछि गएको तीन महिनादेखि खुल्ला आकाशमुनि पठनपाठन गर्न विद्यार्थी बाध्य भएका प्रधानाध्यापक निर्मला चन्दले बताइन् । विद्यालयको सात कोठे भवन पहिराले भत्काएपछि निकै समस्या भएको र विद्यार्थी खुल्ला चौरमा बसेर पढ्न बाध्य भएका छन् । कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा अहिले ७८ विद्या

विद्यालय भवन पुनःनिर्माण नहुँदा खुला ठाउँमै पठनपाठन

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका–१ सेरीस्थित गढदेव आधारभूत विद्यालयको भवन पुनःनिर्माण नहुँदा खुला चौरमा पठनपाठन भइरहेको छ। गत असोज पहिलो साता परेको अबिरल वर्षासँगैको पहिरोले विद्यालय भवन भत्काएको हो।विद्यालय भवन भत्किएपछि गत ३ महिनादेखि खुला चौरमा पठनपाठन गर्न बाध्य भएको विद्यालयकी प्रधानाध्यापिका निर्मला चन्दले बताइन्। विद्यालयको ७ कोठे भवन पहिरोले भत्काएपछि निकै समस्या भएको र विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएका छन्।कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा अहिले ७८ जना विद्यार

गुरुयोजना बनाएर पीडितका समस्या सम्बोधन गर्छु : प्रधानमन्त्री

महेन्द्रनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा बाढी र पहिरोबाट भएको क्षति र पीडितलाई सम्बोधन हुनेगरी गुरुयोजना बनाइने बताउनुभएको छ । बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा बिहीवार साँझ कञ्चनपुरको दोधारा–चाँदनी पुग्नुभएका प्रधानमन्त्री देउवाले सुदूरपश्चिम बाढी र पहिराबाट नराम्ररी प्रभावित भएको बताउनुभयो । ‘बाढी र पहिराले यहाँको अवस्था नै दयनीय बनाइदिएको मैले निरीक्षणका क्रममा पाएँ,’ उहाँले भन्नुभयो, ‘निरीक्षणपछि काठमाडौं फर्किएर गुरुयोजना बनाएर सम्बोधन गरिनेछ ।’ आफू निरीक्षणका क्रममा यहाँ बाढी र पहिरोले पु¥याएको क्षति देखेर दुःखी भएको बताउनुभयो । प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्री रमेश लेखक, नारायणप्रकाश साउद र वीरबहादुर बलायर सहभागी थिए । प्रधानमन्त्रीले डोटी, बझाङ, बैतडी, डँडेलधुरा हुँदै बाढीको क्षति र अवस्थाबारे बिहीवार साँझ कञ्चनपुर पुगेर स्थलगत जानकारी लिनुभएको हो । उहाँले कञ्चनपुरमा ब्रह्मदेव र महाकाली तटीय क्षेत्रमा हवाई निरीक्षणसमेत गर्नुभएको थियो । सुदूरपश्चिममा बाढी र पहिरोका कारण ३१ जनाको मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता र १७ जना घाइते भएका छन् । पहिरोले सडकमा क्षति पुगेपछि पहाडी जिल्लाको यातायात सेवा अझै निर्बाध रूपमा सञ्चालन हुन सकेको छैन । कञ्चनपुरमा महाकाली नदीमा आएको बाढीले भीमदत्तनगरपालिका–९, ११, १२ र १३ र दोधारा–चाँदनीमा क्षति पु¥याएको थियो । त्यसैगरी बाढीले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसँगै बनिरहेको ६ लेनको पहुँच मार्गको केही भाग कटान गरेको छ । बाढीबाट विस्थापित अझै घर फर्किसकेका छैनन् । पीडित विद्यालय, सार्वजनिक स्थान र आफन्तकोमा आश्रय लिइरहेका छन् । रासस

पहिरोले अवरुद्ध सडकको मर्मत थालियो

बागलुङ । पहिरोका कारण साढे ३ महीनादेखि अवरुद्ध बागलुङ–कुश्मीशेरा सडक मर्मत थालिएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दबल्याङमा पहिराले दुई ठाउँमा क्षति पुगेको सडक स्थानीय र नगरपालिकाको साझेदारीमा मर्मत थालिएको हो ।      गत असार १ गते खसेको पहिरोका कारण अवरुद्ध भएको सडकमा असार १८ गते वर्षासँगै आएको पहिरोले क्षति पुगेको थियो । सडक मर्मतका लागि नगरपालिकाले विपद् व्यवस्थापन कोषबाट  १६ लाख ६० हजार र त्यसको २० प्रतिशत हुन आउने रकम स्थानीय उपभोक्ताले बेहोर्नेगरी काम थालिएको उपभोक्ता समितिका अध्यक्ष यादव शर्माले बताए । २० लाख ९३ हजार लागत इस्टिमेट गरेर मर्मत थालिएको सडक दशैंअगावै सञ्चालनमा ल्याइने शर्माले जानकारी दिए । ‘तीन चरणका कामको इस्टिमेट भएको छ, तारजाली लगाउने, पानी तर्काउने र ट्र्याक खोल्ने काम हुनेछन्,’ नगरपालिकाका इञ्जिनीयर मनोज शर्माले भने, ‘पहिरो गहिरो गरी खसेकाले सडकको नमूना निकाल्नै कठिन छ ।’ पहिरो खसेको क्षेत्रमा पानीको मुहान भएकाले पानीको व्यवस्थापन नगरी सडक सञ्चालन गर्न कठिन हुने स्थानीयवासी वीरबहादुर थापा बताउँछन् । ‘पहिल्यै पानीको निकास खोजेको भए अहिले यो समस्या आउने नै थिएन, सडक पक्की बनाउँदा लामो समय पानी जमीनमुनि जाने गरी छाडिदिए,’ थापाले भने, ‘एकातर्फ पहिरोको त्रासमा बाँच्नुपरेको छ, अर्कोतर्फ बालबालिकालाई विद्यालय पठाउन समेत बाटो छैन ।’ पहिरोका कारण सडक अवरुद्ध हुँदा बागलुङको दक्षिण क्षेत्रमा सहज सडक सम्पर्क छैन । वैकल्पिक रूपमा सञ्चालनमा आएको कालीगण्डकी कोरिडोरको मालढुंगा–बलेवा खण्डमा समेत सोही पहिरो र अन्य पहिरोले बेलाबेला अवरुद्ध हुने गरेको छ । नगरपालिकाको बलेवा क्षेत्रका चार वडाका उपभोक्ताको सहभागितामा समिति गठन गरेर काम थालिएको हो । उपभोक्ता समितिले स्थानीय निर्माण कम्पनीसँगको सहकार्यमा सडक खुलाउने प्रयास थालेको हो । हिउँदयाममा मात्रै चल्नेगरी भए पनि सडक सञ्चालन गर्न मर्मत थालिएको बागलुङ–१२ का अध्यक्ष गुरुदत्त पाठकले बताए । दब्ल्याङबाट वडा नं १२ को टाकुरीसम्म १४ किलोमिटर कालोपत्र रहेको उक्त सडक एउटै पहिरोले साढे तीन महीनादेखि ठप्प थियो । रासस