गुरुयोजना बनाएर पीडितका समस्या सम्बोधन गर्छु : प्रधानमन्त्री

महेन्द्रनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा बाढी र पहिरोबाट भएको क्षति र पीडितलाई सम्बोधन हुनेगरी गुरुयोजना बनाइने बताउनुभएको छ । बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा बिहीवार साँझ कञ्चनपुरको दोधारा–चाँदनी पुग्नुभएका प्रधानमन्त्री देउवाले सुदूरपश्चिम बाढी र पहिराबाट नराम्ररी प्रभावित भएको बताउनुभयो । ‘बाढी र पहिराले यहाँको अवस्था नै दयनीय बनाइदिएको मैले निरीक्षणका क्रममा पाएँ,’ उहाँले भन्नुभयो, ‘निरीक्षणपछि काठमाडौं फर्किएर गुरुयोजना बनाएर सम्बोधन गरिनेछ ।’ आफू निरीक्षणका क्रममा यहाँ बाढी र पहिरोले पु¥याएको क्षति देखेर दुःखी भएको बताउनुभयो । प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्री रमेश लेखक, नारायणप्रकाश साउद र वीरबहादुर बलायर सहभागी थिए । प्रधानमन्त्रीले डोटी, बझाङ, बैतडी, डँडेलधुरा हुँदै बाढीको क्षति र अवस्थाबारे बिहीवार साँझ कञ्चनपुर पुगेर स्थलगत जानकारी लिनुभएको हो । उहाँले कञ्चनपुरमा ब्रह्मदेव र महाकाली तटीय क्षेत्रमा हवाई निरीक्षणसमेत गर्नुभएको थियो । सुदूरपश्चिममा बाढी र पहिरोका कारण ३१ जनाको मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता र १७ जना घाइते भएका छन् । पहिरोले सडकमा क्षति पुगेपछि पहाडी जिल्लाको यातायात सेवा अझै निर्बाध रूपमा सञ्चालन हुन सकेको छैन । कञ्चनपुरमा महाकाली नदीमा आएको बाढीले भीमदत्तनगरपालिका–९, ११, १२ र १३ र दोधारा–चाँदनीमा क्षति पु¥याएको थियो । त्यसैगरी बाढीले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसँगै बनिरहेको ६ लेनको पहुँच मार्गको केही भाग कटान गरेको छ । बाढीबाट विस्थापित अझै घर फर्किसकेका छैनन् । पीडित विद्यालय, सार्वजनिक स्थान र आफन्तकोमा आश्रय लिइरहेका छन् । रासस

सम्बन्धित सामग्री

देशबासीका नाममा प्रधानमन्त्री देउवाको सम्बोधन

७ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार देशबासीका नाममा सम्बोधन गरेका छन् । २९ असारमा प्रधानमन्त्री भएका देउवाले पहिलो पटक देशबासीको नाममा सम्बोधन गरेका हुन् ।

प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्न लागेका छन्। उनले अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।...

प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री बनेपछि देउवाले छ महिनाको अवधिमा पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार आज अपराह्न ३ बजे प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा आफ्नो सरकारले गरेका काम/कारबाहीबारे पनि जानकारी […]

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । देउवाले प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ । सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको बताइएको छ । तर सम्बोधनको मिति र समय भने तय भइसकेको छैन । ‘एक/दुई […]

प्रधानमन्त्री ओलीको सम्बोधन सुरु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरिरहेका छन्। सोमबार सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेकी छिन्। देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि ओली पदमुक्त भएका छन्। पदमुक्त भएपछि सिंहदरबारबाट उनले सम्बोधन गरिरहेका हुन्। ओलीले आजै प्रधानमन्त्री निवास बालुवाटार छाड्ने तयारी […]

देशवासीका नाममा प्रधानमन्त्री ओलीको सम्बोधन [LIVE]

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन शुरू गरेका छन् ।  सर्वोच्च अदालतको आदेशले आजै पदमुक्त हुँदै गरेका ओलीले सम्बोधन गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्री र सचिवहरू राखेर ओलीले सम्बोधन शुरू गरेका हुन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्।प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबार राष्ट्रका नाममा सम्बोधन गर्ने ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिए। सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि आज साँझ देउवा प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन्। सरकारी निवास छाड्नु अघि ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्दै

१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बुधबार बिहान ८ बजे सम्बोधन गर्न लागेका हुन् । प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले भने, ‘नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले सम्बोधन गर्दै हुनुहुन्छ ।’

प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्ने

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । नयाँ वर्षको शुभकामना दिने साथै काेराेना संक्रमणकाे दाेस्राे लहर फैलिएकाे सन्दर्भमा उनले सम्बोधन गर्न लागेका हुन् । The post प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्ने appeared first on Purbeli News.