काठमाडौँ – स्लोभाकियाका एल्जाज बेडेनीमाथि ६-३,६-३,६-२ को सहज जितसहित साविकको विजेता नोभाक जोकोभिच फ्रेन्च ओपनको चौथो चरणमा प्रवेश गरेका छन् । यससँगै जोकोभिच र १३ पटकका फ्रेन्च ओपन विजेता राफेल नाडालबीच क्वार्टरफाइनलमा भेट हुने सम्भावना प्रबल रहेको छ । नाडालले शुक्रबार राति चौथो चरणमा प्रवेश गर्ने क्रममा बोटिक भान डी जान्स्लुपमाथि ६-३,६-२,६-४ को जित निकाले […]