ग्लोबल आइएमई समुन्नत योजना– १ ले फागुन मसान्तसम्म कमायो १४ करोड ६९ लाखभन्दा बढी नाफा

चैत १५, काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना –१ ले फागुन मसान्तसम्म रू. १४ करोड ६९ लाखभन्दा बढी नाफा कमाएको छ । माघ महीनामा उक्त योजनाले रू. २० करोड ५३ लाखभन्दा बढी नाफा कमाएकोमा फागुन महीनामा कम नाफा कमाएको हो । माघ महीनाको तुलनामा योजनाको आम्दानी कम र खर्च बढी भएकाले नाफा घटेको देखिन्छ । माघ महीनामा रू. २२ करोड ७१ लाखभन्दा बढी आम्दानी गरेको योजनाले फागुन महीनामा रू. १७ करोडभन्दा बढी मात्र आम्दानी गरेको छ । त्यस्तै माघ महीनामा रू. २ करोड १८ लाखभन्दा बढी खर्च गरेको योजनाले फागुन महीनामा रू. २ करोड ३८ लाखभन्दा बढी खर्च गरेको छ । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको उक्त योजनाले १० करोड इकाई जारी गरेको थियो । योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. १२ दशमलव ६६ रहेको छ । माघ महीनामा योजनाको यो मूल्य रू. १३ दशमलव १९ रहेको थियो । फागुन मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको परलमूल्यभन्दा बजारमूल्य कम रहेको छ । धितोपत्र दलाल कमिसनसहित रू. १ अर्ब ३० करोडभन्दा बढी लगानी गरेको योजनाको लगानीको बजार मूल्य भने रू. १ अर्ब २३ करोडभन्दा बढी रहेको छ । बैंक मुद्दती निक्षेपमा योजनाको लगानी दैखिदैन । योजनाले सूचीकृत र सूचीकृत हुन बाँकी शेयर र ऋणपत्रमा लगानी गरेको छ ।

सम्बन्धित सामग्री

चैत २५ गतेदेखि हकप्रद शेयर निष्कासन गर्दै अपि पावर कम्पनी

चैत ९, काठमाडाौं । अपि पावर कम्पनी लिमिटेडले चैत २५ गतेदेखि हकप्रद शेयर निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद जारी गर्ने भएको हो । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयर प्रयोजनका लागि चैत १४ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र अपिको हकप्रद शेयर खरीदका वैशाख १५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै उक्त हकप्रदमा मुक्तिनाथ क्यापिटल तथा मुक्तिनाथ विकास बैंकका इटहरी, पोखरा–नागढुङ्गा, नारायणगढ, सुर्खेट, नेपालगंज, धनगढी, विराटनगर र जनकपुर शाखा कार्यालय आवेदन दिन सकिनेछ । यसका साथै ग्लोबल आइएमई बैंकका बैतडी, गोकुलेश्वर, दार्चुला, डडेलधुरा, महेन्द्रनगर, धनगढी र अत्तरीय शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोशेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रदलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बीप्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजार रहेको छ । हकप्रद निष्कासन पछि उक्त पूँजी ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार ५४५ रुपैयाँ ७५ पैसा पुग्नेछ । कम्पनीले २०७८ साल असोज २५ गते यो हकप्रद निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो । अपि पावरले निर्माणाधिन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद निष्कासन गर्न लागेको हो । कम्पनीले चालू आर्थिक वर्षको ६ महीनासम्म रू. १४ करोड ३० लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको नाफा न्यून अर्थात् शून्य दशमलव ११ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १४ करोड ३२ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको आम्दानी ४ दशमलव ५८ प्रतिशत बढेको छ भने खर्च २१ दशमलव ४९ प्रतिशत बढी भएको छ । कम्पनीले ६ महीनामा रू. ३१ करोड ७६ लाखभन्दा बढी आम्दानी गरेकोमा रू. २ करोड ८६ लाखभन्दा बढी खर्च गरेको हो ।

ग्लोबल आइएमई लघुवित्तले कमायो रू. १४ करोड ७८ लाखभन्दा बढी नाफा

माघ ६, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू.१४ करोड ७८ लाख ९४ हजार नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २२ प्रतिशत वृद्धि भएको हो ।  कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १२ करोड ९ लाख ८० हजार नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ८ करोड ४० लाख खराब कर्जा उठाएको तथा खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्नमा टेवा पुगेको हो ।  चुक्तापूँजी रू. ५५ करोड २५ लाख रहेको उक्त कम्पनीले जगेडामा रू. ३६ करोड ५४ लाख ४४ हजार सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ४ अर्ब ६५ करोड १ लाख सापटि लिएर, रू. २ अर्ब ५२ करोड ६३ लाख निक्षेप संकलन गरेर रू. ७ अर्ब ६९ करोड ९० लाख कर्जा लगानी गरेको छ । खराब कर्जा संकलनमा वृद्धि भएसँगै कम्पनीको निष्क्रिय कर्जा घटेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा ३ दशलमव ४६ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा १ दशमलव ९५ मा झरेको छ ।  त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू.५३ दशमलव ५ (वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ३४ दशमलव ४७ गुणा, तरलता अनुपात ७ दशमलव ८८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६६ दशमलव १३ रहेको छ ।  यो पनि हेर्नुस् : २८३ % ले बढ्यो ग्लोबल आइएमई लघुवित्तको नाफा

ग्लोबल आइएमई र स्पर्स लघुवित्तको एकीकृत कारोबार आजदेखि शुरु

वैशाख ८, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र स्पर्स लघुवित्त वित्तीय संस्थाले बुधवारदेखि एकीकृत कारोबार शुरु गरेका छन् । स्पर्श लघुवित्तलाई प्राप्तिपछि ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कास्कीको पोखरा –२६ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा बुधवार आयोजित एक समारोहका बीच एकीकृत वित्तीय कारोबार शुभारम्भ भएको हो । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष बुद्धि अकेलाको अध्यक्षता र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।  एकीकृत कारोबार पश्चात् उक्त कम्पनीको कुल चुक्तापूँजी ४३ करोड १७ लाख २० हजार ४११ रुपैयाँ पुगेको छ । अब कम्पनीको कुल कर्जा लगानी ६ अर्ब १४ करोड ६३ लाख १० हजार रुपैयाँ, निक्षेप/ बचत २ अर्ब ३ करोड ६९ लाख ४९ हजार ६२० रुपैयाँ रहेको छ । त्यसैगरी कम्पनीले देशका विभिन्न ५१ ओटा जिल्लाका ९९ ओटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ । साथै, वित्तीय संस्थाको कुल ग्राहक सदस्यहरु १ लाख २३ हजार ४१३ जना रहेका छन् भने ६३ हजार २९० जना ऋणी सदस्यहरु रहेको कम्पनीले बताएको छ । कार्यक्रमका प्रमुख अतिथि रत्नराज बज्राचार्यले लघुवित्त क्षेत्रमा दोहोरोपनको समस्या रहेको र त्यसको निराकरणको उपाय मध्येको एक उपाय मर्जर तथा प्राप्ति नै भएको बताए ।

ग्लोबल आइएमई बैंकको नाफा २ अर्बमाथि

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्व १४ करोड खुद मुनाफा आर्जन गर्न सफल

ग्लोबल आइएमईको दोस्रो त्रैमाससम्ममा खुद मुनाफा २ अर्व १४ करोड

२६ माघ, काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रु. २ अर्व १४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफामा साविकको जनता बैंक नेपाल लि.को २०७६ मंसिर १९ …