काठमाडौं : सरकारले आगामी वर्षबाट ७ वटै प्रदेशमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालय स्थापना गरी नयाँ पाठ्यपुस्तक छाप्ने भएको छ। मंगलबार आव २०७९/८० को बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले पुस्तक छपाइलाई सहज बनाउन यस्तो व्यवस्था गर्न लागिएको बताए। ‘माननीय सदस्यहरूले जनक शिक्षा खारेज गर्नुपर्छ भन्दा दु:ख लागेको छ,यो सरकारको स्वायत्त निकाय हो,बलियो बनाउनु हामी सबैको दायित्व हो,अक्षम छ भने सवल बनाउन सहयोग गर्ने परिमार्जन गर्ने हा