विदेश जानेको संख्यामा कमी आएपनि राहदानी बनाउने घटेनन्

साउन २४, रौतहट । पछिल्लो समय कोरोना महामारीका कारण वैदेशिक यात्रा गर्न सहज नहुँदा विदेश जानेको संख्यामा कमी आएको छ । वैदेशिक यात्रामा जानेको संख्यामा कमी आएपनि राहदानी बनाउनेको संख्या भने उतिकै रहेको छ ।  जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा २ हजार ९४७ जनाले राहदानी लिएका थिए । अघिल्लो वर्षको तुलनामा ५५ जनाले बढि राहदानी लिएका हुन् । २०७६/७७ मा भने २ हजार ८९२ जनाले राहदानी लिएको प्रशासनले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।  ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरबाट भने १ हजार २०२ जनाले साधारण सिफारीसबाट राहदानी बनाएका छन् । द्रुत सिफारीसबाट १ हजार ९९१ गरी कुल संख्या ३ हजार १९३ ले राहदानी बनाएको तथ्यांकमा उल्लेख छ ।  ईलाका प्रशासन कार्यालय गरुडामा ९५५ जना जिल्लामा र ६५० जनाले काठमाडौंबाट बनाएको जिल्ला प्रशासन कार्यालय गौरको तथ्यांकमा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले दिएको जानकारी अनुसार नयाँ नागरिकता लिनेको संख्या पनि बढी छ ।  २०७७/७८ मा १० हजार ४९७ ले नयाँ नागरिकता लिए भने २०७६/७७ मा भने ८ हजार ८७४ जनाले नागरिकता लिएका थिए । गत आर्थिक बर्षमा १ हजार ६२३ ले बढी नागरिकता लिएका छन् । त्यसैगरी नागरिकता हराएका वा अन्य कारणले नागरिता गुमाउने ५ हजार ४३६ जनाले पुनः नगरिकताको प्रतिलिपी लिएको जिल्ला प्रशासन कार्यालय रौतहटको तथ्यांकमा उल्लेख छ ।  राष्ट्रिय परिचयपत्र बनाउनका लागि नागरिकता अनिवार्य भएकाले लिनेको संख्यामा वृद्धि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको अवस्थामा आवश्यक अनुसारको सेवा प्रवाह स्थगित गर्नुका साथै अन्य समयमा भने स्वास्थ्य मापदण्ड अनुसार कार्यालयले सम्पूर्ण सेवा प्रवाह गरेको उनले बताए । 

सम्बन्धित सामग्री

राहदानी वितरणमा देखिएको समस्या समाधान भयो : राहदानी विभाग

काठमाडौं । राहदानी विभागले राहदानी वितरणमा देखिएको समस्याको समाधान भइसकेको दाबी गरेको छ । यही पुस १७ मा देखिएको राहदानी वितरणको समस्या आइतबारदेखि समाधान भएको दाबी गरेको हो । विभागले सूचना जारी गरेर प्रधानमन्त्री

राहदानी विभागको सिस्टममा समस्या, राहदानी वितरण सेवा अवरुद्ध

काठमाण्डौ – राहदानी विभागको सिस्टममा समस्या आएपछि बनेको राहदानी वितरण कार्य अवरुद्ध भएको छ । आइतबारदेखि नै सिस्टममा समस्या आएपछि राहदानी आवेदनको अवस्था हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध भएको विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिनुभयो ।  अर्को सूचना जारी नहुँदासम्म बनेको राहदानी लिनका लागि नआउन विभागले अनुरोध गरेको छ । सिस्टममा आएको समस्या समाधानका लागि निरन्तर काम गरिरहेको भन्दै विभागले सिस्टम पूर्ण रूपमा सुरु हुन केही समय लाग्ने जनाएको छ ।  तर सिस्टमबाट नयाँ राहदानीका लागि आवेद...

राहदानी विभागमा सेवाग्राहीहरुको भीड

राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको छ ।  केही दिनयता काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको हो । शुक्रबार बिहानैदेखि राहदानी विभागदेखि त्रिपुरेश्वर चोकसम्म नै दोहोरो लाइन बसेर सेवाग्राहीहरुले राहदानी लिइरहेको देख्न सकिन्छ ।शुक्रवार राहदानी लिनका लागि बसेको लाइनले राहदानी लिन अझै पनि घन्टौं लाइन लागेर विभिन्न समस्या व्यहोर्नुपरेको यथार्थलाई पुष्टि गरेको छ । छिटो पालो पाउनका लागि बिहानै झिसमिसेमा त्रिपुरेश्वर पुग्ने गरेका नागरिकहरू उल्लेख्य रहेका छन् ।

संग्रहालयमा ८८ वर्ष पुरानो राहदानी

राहदानी विभागमा रहेको ‘राहदानी संग्रहालय’ मा ८८ वर्षअघि तत्कालीन राहदानी विभागका महानिर्देशक केशरशमशेरले हस्ताक्षर रहेको राहदानी हस्तान्तरण गरिएको छ।...

राहदानी संग्रहालयमा ८८ वर्ष पुरानो राहदानी

काठमाडौं, भदौ २९ । राहदानी विभागमा रहेको राहदानी संग्रहालयमा ८८ वर्षअघि तत्कालीन राहदानी विभागका महानिर्देशक केशरशमशेरले हस्ताक्षर रहेको राहदानी हस्तान्तरण गरिएको छ । कृष्ण उपाध्याय (रिमाल) का नाममा १९९० साल चैत २० गते (सन् १९३४ अप्रिल २) जारी गरिएको उक्त राहदानी उनका छोराद्वय ८७ वर्षीय ध्रुवप्रसाद रिमाल र ७६ वर्षीय बालप्रसाद रिमालले मंगलबार राहदानी विभाग […]

मलेसियाबाट विद्युतीय राहदानी सुरू

मलेसियामा रहेको नेपाली दूतावासबाट विद्युतीय राहदानी प्रदान गर्न थालिएको छ । सो नेपाली दूतावासले बुधबारदेखि त्यहाँ कार्यरत नेपाललाई विद्युतीय राहदानी प्रदान गर्न थालेको हो । राहदानी विभागका अनुसार मलेसियामा रहेको दूतावासले बुधबार राहदानी नवीकरण गर्न दूतावास आइपुग्नुभएका श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी विद्युतीय राहदानी जारी सुरुवात गरेको जनाइएको हो । दूतावासबाट लाइभ इनरोलमेन्ट गरिएको राहदानी विभागबाट प्रिन्टसमेत गरेर सफलताका साथ परीक्षण गरिएको छ । दूतावासले पहिलो दिनमा नै ३३ जनाको...

विद्युतीय राहदानी लागू गरेसँगै नयाँ राहदानी बनाउनेको भीड (फाेटाे फिचर)

काठमाडौं । सरकारले विद्युतीय राहदानी लागू गरेसँगै नयाँ राहदानी बनाउनेको भीड लागेको छ । आज बिहानैदेखि परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागमा सर्वसाधारणको भीड लागेको हो । वैदेशिक रोजगारीमा जाने र विदेशबाट चाडपर्व मनाउन आएकाहरु फर्कनुअघि विद्युतीय राहदानीका लागि विभागमा लामो लाइन लागेको हो । सरकारले मंसिर १ गतेदेखि विद्युतीय राहदानी लागू गरेसँगै नयाँ राहदानी बनाउने […]

पहिलो विद्युतीय राहदानी नियाल्दै शताब्दीपुरुष

राहदानी विभागमा बुधबार आयोजित पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रममा पहिलो  विद्युतीय राहदानी पाएपछि शताब्दीपुरुष सत्यमोहन जोशी राहदानी हेर्दै । तस्वीर, रासस

राहदानी सङ्ग्रहालय स्थापना

नेपालको राहदानी प्रचलनको अभिलेख राख्ने उद्देश्यसहित राहदानी विभागले राहदानी सङ्ग्रहालय स्थापना गरेको छ । परराष्ट्र मन्त्रालयको महत्त्वपूर्ण अङ्गका रूपमा रहेको विभागले नेपालको राहदानीको इतिहास र वर्तमानलाई भविष्यको पुस्तासम्म पु-याउन राहदानी सङ्ग्रहालय स्थापना गरेको हो । विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार नेपालमा राहदानी प्रयोगको इतिहास अभिलेखीकरण गर्न सङ्ग्रहालयले सघाउनेछ । विभागले नेपाली नागरिकको विदेश आवागमनका लागि कानुनी राहदानी जारी गर्नुका साथै त्यस्ता कागजपत्र व्यवस्थित गर्ने काम गर्छ । राहदानीको इतिहास कायम...

राहदानी सङ्ग्रहालय स्थापना

नेपालको राहदानी प्रचलनको अभिलेख राख्ने उद्देश्यसहित राहदानी विभागले राहदानी सङ्ग्रहालय स्थापना गरेको छ । परराष्ट्र मन्त्रालयको महत्त्वपूर्ण अङ्गका रूपमा रहेको विभागले नेपालको राहदानीको इतिहास र वर्तमानलाई भविष्यको पुस्तासम्म पु(याउन राहदानी सङ्ग्रहालय स्थापना गरेको हो ।विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार नेपालमा राहदानी प्रयोगको इतिहास अभिलेखीकरण गर्न सङ्ग्रहालयले सघाउनेछ । विभागले नेपाली नागरिकको विदेश आवागमनका लागि कानुनी राहदानी जारी गर्नुका साथै त्यस्ता कागजपत्र व्यवस्थित गर्ने काम गर