नेपाली भाषा कसरी शुद्ध लेख्ने ? शुद्ध लेखनका लागि व्याकरणका नियमहरुलाई पछ्याउने कि प्रचलन वा प्रयोगलाई आधार मान्ने ? यस विषयमा भाषाशास्त्रीबीच बहस हुँदै आइरहेको छ । कोही भन्छन्, व्याकरणका नियमलाई पछ्याउनुपर्छ । कोही भन्छन्, प्रयोग र प्रचलनलाई हेर्नुपर्छ ।पछिल्लो समय निजी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढ्ने विद्यार्थीहरुको सङ्ख्या बढेसँगै नेपाली भाषामा विद्यार्थीहरु कमजोर बन्न थालेका र नेपाली भाषा पछि परेको भन्दै भाषाशास्त्रीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।सञ्चार माध्यम र सामाजिक सञ्जा