काठमाडौं । सनराइज बैंक लिमिटेडले बुटवल उपमहानगरपालिका-४ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयमा शुद्ध पिउने पानीका लागि फिल्टर जडान गरेको छ । बैंकका अनुसार प्रतिघण्टा १०० लिटर पानी फिल्टर गर्न सक्ने क्षमताको आरओ फिल्टर प्लान्ट जडान गरेको छ । विद्यालयमा अध्ययनरत करिब ३०० विद्यार्थीलाई शुद्ध पिउने पानीको व्यवस्थाका लागि फिल्टर जडान गरेको बैंकले जनाएको छ । […]