वायुसेवा निगमले ९ वैशाखदेखि साउदी अरेबियामा नियमित उडान गर्ने

४ वैशाख, काठमाडौं । नेपाल वायुसेवा निगमले ९ वैशाखदेखि साउदी अरेबियाको रियादमा नियमित उडान सुरु गर्ने भएको छ । निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै अप्रिल २०२२ र मे महिनाका लागि काठमाडौं-रियाद-काठमाडौं उडान तालिका समेत सार्वजनिक गरेको छ । निगमले निकट भविष्यमा थप नयाँ हवाइ गन्तव्यसँग जोडिने प्रतिवद्धता समेत जाहेर गरेको छ । हेर्नुहोस् उडान […]

सम्बन्धित सामग्री

वायुसेवा निगमलाई साउदी अरेबियाको तीन ओटा सहरमा उडान अनुमति

फागुन २३, काठमाडौं । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको अनुमति प्रदान गरिएको छ । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन कार्यालय जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स् रियादले त्यहाँका तीन ओटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको  निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको पहलमा सो उडान अनुमति प्राप्त भएको हो । यसका लागि मन्त्री आलेको निर्देशनमा केही समयअघिदेखि पत्राचार एवम् सम्पर्क भएको थियो ।   उक्त क्षेत्रको उडान अनुमति लिनका लागि निगमका कार्यकारी अध्यक्षसहितका कर्मचारीहरु साउदी अरेबिया पुगेर उडान अनुमतिको प्रक्रियाको थालनी गरेका थिए । निगमले चैतदेखि पहिलो चरणमा काठमाडौं–रियाद–काठमाडौं सातामा तीन दिन उडान गर्ने जानकारी गराएको छ । यसअघि साउदीमा हिमालय एयरलायन्सले दमाम र रियादमा नियमित उडान गर्दै आइरहेको छ । साउदी अरबले यसअघि निगमलाई सन् २००२ र सन् २०२० मा पनि उडान अनुमति दिएको थियो तर जहाज अभाव र कमजोर व्यवस्थापनका कारण निगम साउदी जान सकिरहेको थिएन । निगम साउदी नगएकै कारण त्यसताका गल्फ एयरले नेपाली कामदारलाई बहराइन हुँदै साउदी अरेबिया ल्याउने/ लैजाने गर्न थालेको हो । रासस

हिमालय एयरलाइन्सको साउदी अरेबिया उडान नियमित

काठमाडौं (अस) । साउदी सिभिल एभियसनबाट उडान अनुमति पाउन नपाउँदा हिमालय एयरलाइन्सले ९ देखि १२ फेब्रुअरी २०२२ सम्म दमाम र रियादका उडान बन्द गरेको थियो । साउदी सिभिल एभियसनले उडान अनुमति दिएपछि  उल्लिखित क्षेत्रका लागि नियमित उडान १३ फेब्रुअरी २०२२ देखि सुरु गरिएको कम्पनीले बताएको छ । ९ र १० तारिखका दिन विमानस्थल पुगेका यात्रुको टिकटको पूर्ण रकम फिर्ता र आवास व्यवस्था आवश्यकताका आधारमा उपलब्ध गराउन सहजीकरण गरिएको कम्पनीको भनाइ छ । यसबाहेक १० फेब्रुअरी २०२२ पछि यी क्षेत्रका लागि अग्रिम टिकट बुक गरेका यात्रुले पूर्ण रकम फिर्ता र टिकट रिसेड्युलिङ गर्न आफ्ना सम्बन्धित ट्राभल एजेन्सी वा हिमालय एयरलाइन्सको बिक्री कार्यालयमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘यात्रुको समस्या समाधानका लागि निरन्तर काम गर्दै आएका थियौं । साउदी सिभिल एभियसनसँग समस्या समाधान गर्ने प्रयास गरिरहेका थियौं ।’ नेपाल–चीन संयुक्त उद्यमका रूपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्स अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो ।

जुलाईदेखि सातामा २१ अन्तर्राष्ट्रिय उडान हुने (सूचीसहित)

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाई महिनाका लागि अन्तर्राष्ट्रियतर्फको नियमित उडान तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले सातामा २१ अन्तर्राष्ट्रिय उडान हुनेगरी तालिका स्वीकृत गरेको हो । सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरियाका लागि निश्चित संख्या तोकी नियमित उडान खोलेको छ ।...

साउदी, कतार र कुवेतबाट असोज १५ देखि नियमित उडान खुला गर्ने

काठमाडौं । सरकारले साउदी अरेबिया, कतार र कवेतबाट असोज १५ देखि नियमित उडान सुरु गर्ने भएको छ ।  पीसीआर परीक्षण