हिमालय एअरलाइन्स्को काठमाडौं–छिइङताओ उडान शुरू: १० गन्तव्यबाट १० लाख पर्यटक भित्त्याउने लक्ष्य

काठमाडौं। हिमालय एअरलाइन्स्ले काठमाडौंबाट चीनको पर्यटकीय शहर छिइङताओमा हवाई उडान शुरू गरेको छ । उक्त एअरलाइन्स्ले चीनतर्फ गन्तव्य बढाउँदै छिइङताओमा आइतवारदेखि चार्टर्ड उडान शुरू गरेको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छिइङताओको पहिलो उद्घाटन उडानमा सवार यात्रुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छन सोङ र हिमालय एअरलाइन्स्का अध्यक्ष झो एनयोङले स्वागत गरेका थिए । दुई देशबीच पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंबाट छिइङताओमा सीधा उडान सञ्चालन गरिएको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । कम्पनीले चीनका कम्तीमा १० गन्तव्यमा उडान गर्ने र वार्षिक १० लाख पर्यटक भित्त्याउने लक्ष्य रहेको उनले बताए । ‘हिमालयको उडान पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण हुन्छ । हाम्रो आठवर्षे हवाई यात्राका क्रममा चीनसँगको सम्बन्ध प्रगाढ तुल्याउँदै बढीभन्दा बढी पर्यटक भित्त्याउने लक्ष्य छ,’ उनले भने । उद्घाटन उडानका अवसरमा आयोजित पत्रकार सम्मेलनमा पर्यटनमन्त्री किरातीले चीनको सांस्कृतिक एवं पर्यटकीय शहर छिइङताओमा हिमालयले पहिलो पर्यटक उडान गरेर पर्यटनका लागि महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे । दुई देशबीच पर्यटन र व्यापारको प्रचुर सम्भावना रहेको भन्दै उनले यस उडानले त्यसमा ठूलो टेवा पुग्ने अपेक्षा गरे । चिनियाँ राजदूत छनले काठमाडौं–छिइङताओ–काठमाडौं उडानको आरम्भ हुनु नेपाल–चीनबीचको बढ्दो सहयोगको प्रमाण भएको बताए । चीनले नेपालको हवाई पूर्वाधार विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उनले उल्लेख गरे । ‘यस नयाँ रूटले नेपालको उड्डयन उद्योगमा नयाँ गति ल्याउनेछ,’ उनले भने, ‘यसले हाम्रो द्विपक्षीय सम्बन्धमा नयाँ अध्याय थप्दै दुई देशबीचको मित्रता र सहयोगमा ठूलो योगदान पुग्नेछ ।’ कम्पनीका अध्यक्ष झोले काठमाडौं–छिइङताओ–काठमाडौं उडानको शुरुआत हुनु हिमालय एअरलाइन्स्का लागि गौरवको विषय भएको बताए । ‘छिइङताओ चीनको महत्त्वपूर्ण व्यापारिक एवं वित्तीय केन्द्र हो, जसले एसियालाई यूरोपसँग जोड्छ,’ उनले भने । यस उडानमार्फत दुवै देशले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य लिएको कम्पनीले बताएको छ । सातामा चार उडान गर्ने र यात्रुको चापअनुसार आगामी दिनमा उडान थप्ने योजना रहेको कम्पनीले बताएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर अक्टोबरदेखि नियमित उडान शुरू गर्ने योजना रहेको कम्पनीले बताएको छ । कम्पनीले चीनका विभिन्न १० गन्तव्यमा चार्टर्ड उडानका साथै दुबई, मलेसिया, कतार, साउदी अरेबिया, बंगलादेशलगायत गन्तव्यमा नियमित उडान गर्दै आएको छ ।

सम्बन्धित सामग्री

फोनपेको अर्को सफलता, १० लाख पुग्यो मर्चेन्टको संख्या

फोनपेमा मर्चेन्ट नेटवर्कको संख्या १० लाख पुगेको छ । स्थापनमा ३ वर्षमै फोनपे नेटवर्कले मर्चेन्टको संख्या १० लाख बढी पुर्‍याउने सफल भएको हो ।  यो उपलब्धिसँगै फोनपे नेपालको सबैभन्दा ठूलो पेमेन्ट नेटवर्क बन्न सफल भएको कम्पनीले जनाएको छ । फोनपे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हो, जसले ग्राहक, बैंक तथा वित्तिय संस्था, मर्चेन्ट, तथा सरकारलाई एक इन्टरनेट नेटवर्कमा जोड्छ...

१० लाख पर्यटक भित्र्याउने

सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले उक्त संख्यामा पर्यटक भित्र्याउने योजना अघि सारेको हो ।अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्षमा १० लाख पर्यटक भित्र्याउने भन्दै स्थानीय तहको साझेदारीमा २१६ स्थानमा पर्यटक पदमार्ग बनाउने जानकारी दिए ।

धर्मश्री विजेतालाई १० लाख

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६औं धर्मश्रीका विजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् । आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले खेलकुदको क्षेत्रमा ब्यक्तिगत विधातर्फको यो नै सर्वाधिक पुरस्कार राशि रहेको जानकारी गराए । यसअघिको संस्करणको विजेताले ५ लाख […]

युक्रेनबाट १० लाख शरणार्थी पलायन

काठमाडौँ- युक्रेनमा रुसको सैन्य कारबाही शुरु भएयता १० लाख शरणार्थी युक्रेन छाडेर भागेका छन् । रुसले आक्रमण थालेदेखि सात दिनको अवधिमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी युएनएचसीआरले जनाएको हो । आफ्नो ट्विटर ह्यान्डलमा युएनएचसीआर उच्चायुक्त फिलिपो ग्रान्डीले लेखेका छन् “केवल सात दिनमा हामीले युक्रेनबाट छिमेकी देशहरूमा १० लाख शरणार्थीहरू पलायन […]

महाशिवरात्रिमा करिब १० लाख दर्शनार्थी आउने

१० फागुन, काठमाडौं। यसवर्ष शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा मेला भर्न तथा भगवानको दर्शन गर्न करिब १० लाख दर्शनार्थी आउने अनुमान गरिएको छ । मंगलबार पशुपति क्षेत्र विकास कोषले  पत्रकार सम्‍मेलन गरेर करिब १० लाख दर्शनार्थी आउने अनुमान गरिएको जानकारी दिएको छ । यस्तै यस वर्षको महाशिवरात्रिमा सवा करोड बजेट खर्च हुने अनुमान गरिएको परिषद् सदस्य सचिव […]

अनुदानमा चीनबाट १० लाख सिरिन्ज आउँदै

चीन सरकारले अनुदानमा दिएको १० लाख सिरिन्ज तातोपानी भन्सार छुटेर नेपाल प्रवेश गरिसकेको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । चीन अनुदानमा दिने २० लाख सिरिन्जमध्ये १० लाख सीमा नाका हुँदै प्रवेश गरे पनि अझै १० लाख आउन बाँकी छ ।करिब साढे २ करोड सिरिन्ज आउने चरणमा रहको रहेको समेत आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत बडेबाबु थापाले बताए । कोरोनाविरुद्धको खोप लगाउन प्रयोग गरिने सिरिन्ज ४६ लाख ८४ हजार स्टक रहेको छ । सरकारले २ करोड ४ लाख सिरिन्ज खरिदका लागि सम्झौता गरिसकेको उनले बताए । यस्तै कोभ्य

आठ महिनापछि भारतबाट आयो खरिद गरेको १० लाख खोप

काठमाडौं । सरकारले अग्रिम भुक्तानी गरेको भए पनि आठ महिनापछि मात्रै कोभिड– १९ विरुद्धको खोप उत्पादन गर्ने भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले दश लाख डोज खोप पठाएको छ । सम्झौताअनुसार आठ महिनाअगाडि नै आउनुपर्ने भए पनि भारतले १० लाख पठाएर १० लाख डोज खोप रोकेको थियो । ५ फागुन ०७७ मा सरकार र सेरम इन्स्टिच्युट अफ […]

भारतबाट १० लाख मात्रा ‘कोभिसिल्ड’ खोप ल्याउँदै

काठमाडौँ । भारतसँग खरिद गरिएको १० लाख मात्रा कोभिसिल्ड खोप नेपाल आइपुग्दै छ । गत फागुनमा खरिद गरिएको १० लाख मात्रा खोप ६ महिनापछि शनिबारसम्म नेपाल ल्याउन लागिएको हो । भारतको सेरम कम्पनीबाट खरिद गरिएको २० लाख मात्रा खोपमध्ये १० लाख मात्रा खोप आइसकेको छ। नेपालले भारतसँग प्रति मात्र चार डलरका दरले २० लाख मात्रा […]

एउटै गाडी मर्मतमा साढे १० लाख खर्च!

धनगढी : कैलालीको चुरे गाउँपालिकासँग एक मात्र चारपाङ्ग्रे सवारी साधन छ। तर गत आर्थिक वर्षमा गाउँपालिकाले सवारी मर्मत शिर्षकमा १० लाख ५६ हजार २ सय २२ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले देखाएको छ।प्रदेश आर्थिक कार्यविधि नियमावली २०७६ मा अभिलेख अद्यावधिक गर्नुपर्ने उल्लेख गरिएको छ। तर सवारी मर्मतमा साढे १० लाख बढी खर्चेको गाउँपालिकाले कुनै अभिलेख भने राखेको छैन। त्यसपछि एक सवारीमा एक वर्षमा मात्रै साढे १० लाख खर्च भएको भन्दै प्रश्न गरिएको छ। तर गाउँपालिकाका प्रशासन शाखा प्

गच्छदार १० लाख धरौटीमा रिहा

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका उनी बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा खेपिरहेका छन्। विशेष अदालतको आजको थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो पटकपटक मुद्दाको म्याद बुझ्न अस्वीकार गरेपछि गच्छदारलाई ‘फरार’ सूचीमा राखिएको थियो। देउवा प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै गच्छदार आज अदालतमा आत्मसमर्पण गरेका थिए।