वायुसेवा निगमलाई साउदी अरेबियाको तीन ओटा सहरमा उडान अनुमति

फागुन २३, काठमाडौं । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको अनुमति प्रदान गरिएको छ । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन कार्यालय जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स् रियादले त्यहाँका तीन ओटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको  निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको पहलमा सो उडान अनुमति प्राप्त भएको हो । यसका लागि मन्त्री आलेको निर्देशनमा केही समयअघिदेखि पत्राचार एवम् सम्पर्क भएको थियो ।   उक्त क्षेत्रको उडान अनुमति लिनका लागि निगमका कार्यकारी अध्यक्षसहितका कर्मचारीहरु साउदी अरेबिया पुगेर उडान अनुमतिको प्रक्रियाको थालनी गरेका थिए । निगमले चैतदेखि पहिलो चरणमा काठमाडौं–रियाद–काठमाडौं सातामा तीन दिन उडान गर्ने जानकारी गराएको छ । यसअघि साउदीमा हिमालय एयरलायन्सले दमाम र रियादमा नियमित उडान गर्दै आइरहेको छ । साउदी अरबले यसअघि निगमलाई सन् २००२ र सन् २०२० मा पनि उडान अनुमति दिएको थियो तर जहाज अभाव र कमजोर व्यवस्थापनका कारण निगम साउदी जान सकिरहेको थिएन । निगम साउदी नगएकै कारण त्यसताका गल्फ एयरले नेपाली कामदारलाई बहराइन हुँदै साउदी अरेबिया ल्याउने/ लैजाने गर्न थालेको हो । रासस

सम्बन्धित सामग्री

निगमलाई साउदी अरेबिया उडानको अनुमति

साउदी अरेबियाले नेपाल वायुसेवा निगम (नेवानि)लाई उडान अनुमति प्रदान गरेको छ । साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन (जेएसिए) ले आज नेवानिलाई आज उडानको अनुमति दिएको हो । जेएसिएबाट प्राप्त अनुमतिअनुसार नेवानिले रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ । नेवानिले आगामी वैशाखदेखि काठमाडौँ–रियाद–काठमाडौँ क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने जनाएको छ ।

नेपाल वायुसेवा निगमले साउदी अरेबिया उडानको अनुमति पायो

काठमाडौं, २२ फागुन । साउदी अरेबियाले नेपाल वायुसेवा निगमलाई उडान अनुमति प्रदान गरेको छ । साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन (जेएसिए) ले आज नेवानिलाई आज उडानको अनुमति दिएको हो । जेएसिएबाट प्राप्त अनुमतिअनुसार नेवानिले रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ । यसैबीच नेवानिले आज एक विज्ञप्ति जारी गरी […]

निगमलाई साउदी अरेबिया उडानको अनुमति

साउदी अरेबियाले नेपाल वायुसेवा निगम (नेवानि)लाई उडान अनुमति प्रदान गरेको छ ।

निगमलाई साउदी अरेबिया उडानको अनुमति

साउदी अरेबियाले नेपाल वायुसेवा निगम (नेवानि)लाई उडान अनुमति प्रदान गरेको छ ।

निगमलाई साउदी अरेबिया उडानको अनुमति

साउदी अरेबियाले नेपाल वायुसेवा निगम (नेवानि)लाई उडान अनुमति प्रदान गरेको छ ।

निगमलाई साउदी अरेबिया उडानको अनुमति

साउदी अरेबियाले नेपाल वायुसेवा निगम (नेवानि)लाई उडान अनुमति प्रदान गरेको छ ।

हिमालय एयरलाइन्सको साउदी अरेबिया उडान नियमित

काठमाडौं (अस) । साउदी सिभिल एभियसनबाट उडान अनुमति पाउन नपाउँदा हिमालय एयरलाइन्सले ९ देखि १२ फेब्रुअरी २०२२ सम्म दमाम र रियादका उडान बन्द गरेको थियो । साउदी सिभिल एभियसनले उडान अनुमति दिएपछि  उल्लिखित क्षेत्रका लागि नियमित उडान १३ फेब्रुअरी २०२२ देखि सुरु गरिएको कम्पनीले बताएको छ । ९ र १० तारिखका दिन विमानस्थल पुगेका यात्रुको टिकटको पूर्ण रकम फिर्ता र आवास व्यवस्था आवश्यकताका आधारमा उपलब्ध गराउन सहजीकरण गरिएको कम्पनीको भनाइ छ । यसबाहेक १० फेब्रुअरी २०२२ पछि यी क्षेत्रका लागि अग्रिम टिकट बुक गरेका यात्रुले पूर्ण रकम फिर्ता र टिकट रिसेड्युलिङ गर्न आफ्ना सम्बन्धित ट्राभल एजेन्सी वा हिमालय एयरलाइन्सको बिक्री कार्यालयमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘यात्रुको समस्या समाधानका लागि निरन्तर काम गर्दै आएका थियौं । साउदी सिभिल एभियसनसँग समस्या समाधान गर्ने प्रयास गरिरहेका थियौं ।’ नेपाल–चीन संयुक्त उद्यमका रूपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्स अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो ।

अति आवश्यक ढुवानीमा निगमको सक्रियता

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले राज्य र नागरिकका लागि तत्काल आवश्यक सामग्रीको ढुवानीमा उच्च क्रियाशीलता देखाएको छ ।      कोभिड–१९ को अहिलेको महामारीमा विगतभन्दा यो वर्ष निगमले मेडिकल चार्टर्ड उडान तुलनात्मक रूपमा धेरै गरेको छ । अहिले दैनिक रूपमै निगमले विभिन्न मुलुकबाट अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल ल्याइरहेको छ । आवश्यक स्वास्थ्य पूर्वाधार अभावमा भविष्यमा महामारीको स्वरूपको पूर्वानुमानसमेत गर्न नसक्ने स्थिति छ । यही परिस्थितिको आकलन गर्दै नेपालका कोरोनाबाट प्रभावित नागरिकको संख्या एवं विद्यमान पूर्वाधारलाई दृष्टिगत गर्दै चीनले उपलब्ध गराएको खाली अक्सिजन सिलिन्डर, अक्सिजन कन्सर्नट्रेटरलगायत स्वास्थ्य सामग्री, भारत र चीनले उपलब्ध गराएका कोरोनाविरुद्धको खोपजस्त राज्यका लागि अति आवश्यक स्वास्थ्य सामग्रीको उपलब्धता आफैंमा प्रसंशनीय रहेको छ ।      निगमले चीनको बेइजिङबाट हाल पाँच उडान गरी जम्मा दुई हजार तीन सय ३५ खाली अक्सिजन सिलिन्डर, अक्सिजन कन्सर्नट्रेटरलगायत स्वास्थ्य सामग्री मे १९ तारिखसम्म काठमाडौं ल्याउँदै छ भने हालै ओमनबाट अक्सिजन सिलिन्डर तथा औषधीजन्य सामग्रीसहित एक नेपालीको समेत उद्धार गरी ल्याएको छ ।      निगमका निर्देशक एवं प्रवक्ता करिश्मा श्रेष्ठसँग आगामी चार्टर्ड उडानको सम्बन्धमा जिज्ञासा राख्दा उनले भनिन्, ‘निगमले पर्यटन मन्त्रालयको प्रत्यक्ष निर्देशन र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँगको सहकार्यसहित उडान भर्ने सम्बन्धित मुलुकको उडान अनुमतिमा काम गर्दै आएको छ । सोही क्रममा सिंगापुरबाट मे २२ मा स्वास्थ्य सामग्री ल्याउने तयारीमा जुटेको छ ।’ उनका अनुसार सिंगापुरस्थित टेमसेक फाउन्डेसनको सहयोगमा प्राप्त स्वास्थ्य सामग्री ल्याउन निगमले अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र तालुक पर्यटन मन्त्रालयको निर्देशनमा मे २२ मा निगमको जहाजबाट बिहान उडान गर्ने र सोही दिन साँझ काठमाडौं स्वास्थ्य सामग्री ल्याउने गृहकार्य गरिरहेको छ । निगमले भारतका नागरिकका लागि मात्र भारतीय दूतावासको सिफारिसका आधारमा मे १८ देखि २२ सम्म साउदी अरेबियामा सात वटा उडान गर्नेछ । भारतीय नागरिक अन्तर्राष्ट्रिय हवाई सेवाको प्रतिबन्ध लगाउनुअघि साउदी जान नेपालमा आएका थिए । कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध लगाए पनि ती भारतीय अलपत्र परेका थिए । नेपालमा अड्किएका भारतीयलाई गन्तव्यमा पु¥याउन क्यानले १० उडान अनुमति दिएको छ । यसमा निगमको सात र तीन उडान हिमालय एयरलाइन्सले गर्नेछ ।      सरकारले परराष्ट्र मन्त्रालयको निर्देशन एवं भारतीय दूतावासको समन्वयमा साउदी अरेबिया जाने अति आवश्यक भारतीय नागरिकको हकमा निगमद्वारा उपलब्ध गराएको टिकटको आधारमा पाँच वटा उडान साउदीको रियाद र दुई वटा दमामका लागि निर्धारण गरेको छ । उच्च सक्रियताकै कारण साउदीमा हुने १० उडानमध्ये सात उडानको जिम्मेवारी निगमले पाएको पर्यटन मन्त्रालय सम्बद्ध स्रोतले जनाएको छ ।      निगमका सह–प्रवक्ता सुलेख मिश्रले निगमले मुनाफासहितको सुरक्षित सेवा र दैवीप्रकोपको हकमा ऐनअनुसार सेवा प्रदान गर्दै आएको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलसहितका टिम सक्रिय रहेको पछिल्लो परिणाम विदेशी कूटनीतिक नियोगले समेत व्यावसायिक सम्मान दिएको प्रवक्ता श्रेष्ठको भनाइ छ । उनका अनुसार निगमले चीनको सेनजेनमा यही मे १९ मा मेडिकल चार्टर्ड उडान गरी सोही दिन फर्किने तयारीमा जुटेको छ । निगमसँग दुई न्यारो बडी र दुई वाइड बडी गरी जम्मा चार जहाज अन्तर्राष्ट्रिय उडानका लागि भए पनि व्यावसायिक र आवश्यकताको तुलनामा जहाजको संख्या कम रहेको छ । रासस