हातखुट्टा नै नभएको व्यक्तिले शृंगार अर्थात मेकअप गर्न सक्छ ? यो प्रश्नमा सकारात्मक जवाफ आउँदैन । तर ब्राजिलमा हातखुट्टा विनै जन्मिएका २२ वर्षीय गेब एडम्सले चमत्कार गरेका छन् ।
जन्मिँदै ती व्यक्तिलाई छाडिएपछि अमेरिकाको एक परिवारले पालनपोषणको जिम्मा लियो । त्यसपछि उनले आफूलाई नमूना बनाउन सफल भएका छन् ।
उनी मेकअप गरेको भिडियो इन्स्टाग्राममा राखेर चर्चित भएका छन् । उनको कामले सामाजिक सञ्जालमा प्रशंसा बटुलिरहेको छ ।
सामाजिक सञ्जालमा उनले आफ्नो जिन्दगी र कामबारे शेयर गर्ने गरेका छन् । उनले आफ्नो परिचयमा लेखेका छन्, ‘चि...