काठमाडौँ । निर्वाचन आयोगले एक आयुक्तको नेतृत्वमा एउटा टोली अनुगमनको लागि बाजुरा पठाउने भएको छ । बाजुराको बुढीगंगा नगरपालिकामा शनिवार निर्वाचन हुन नसकेपछि वास्तविकता बुझ्न आयुक्त सगुन शमशेर जबराको नेतृत्वमा आइतबार टोली बाजुरा पठाउन लागिएको हो । बुढीगंगामा निर्वाचन गराउन २१ वटा मतदान केन्द्र तय गरिएको थियो ।