ताइवानमा शक्तिशाली भूकम्प गएको छ । ताइवानको पूर्वी तटमा ६ दशमलब ६ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भौगोलिक सर्वेक्षण केन्द्र (युएसजीएस)ले जनाएको छ । भूकम्प तटीय सहर ताइतुङबाट करिब ५० किलोमिटर (३० माइल) उत्तरमा १० किलोमिटर गहिराइमा गएको युएसजीएसले जनाएको छ । भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ । तथापि, स्थानीय सञ्चार माध्यमहरुले भूकम्पले खासै क्षति नपुर्याएको जनाएका छन् । ताइवानको केन्द्रीय मौसम व्युरोले भने भूकम्प ६ दशमलब ४ म्याग्निच्यूड रहेको