फिलिपिन्समा शक्तिशाली भूकम्प

एजेन्सी – फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ। फिलिपिन्सको लुजोन टापुमा बुधबार ७ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। भकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरूलाई नराम्ररी क्षति पुर्याएको छ। भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो। भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन्। भूकम्पले हल्लाउने वित्तिकै मानिसहरू घरबाट बाहिर निस्किएर […]

सम्बन्धित सामग्री

मेक्सिकोमा शक्तिशाली भूकम्प

एजेन्सी – मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । समाचार एजेन्सी राेयटर्सका अनुसार उक्त भूकम्प गएराति ६:५ मा गएकाे हाे । राष्ट्रिय भूकम्प मापन निकायले ७.४ रेक्टर स्केलको भूकम्प गएको छ भने अमेरिकी भूगर्भ सर्वेक्षणले ७.६ रेक्टर स्केलको अनुमान गरेको छ । उक्त भूकम्पबाट कम्तीमा एक जनाकाे मृत्यु भएकाे र धेरैँ मात्रामा भाैतिक क्षति भएकाे रोयटर्सले […]

चीनकाे सिचुवानमा शक्तिशाली भूकम्प

चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानमा दोस्रोपटक शक्तिशाली भूकम्प गएको छ ।

जापानमा शक्तिशाली भूकम्प

जापानमा बुधबार शक्तिशाली भूकम्प गएको छ । जापानको राजधानी टोकियोदेखि २९७ किलोमिटर उत्तरपूर्व केन्द्रबिन्दु भएर भूकम्प गएको हो । ७.१ रिक्टर स्केल मापन गरिएको भूकम्प स्थानीय समयअनुसार राति ८ बजेर ६ मिनेटमा गएको राष्ट्रिय भूगर्भ विभागले जनाएको छ ।

इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामी आउनसक्ने चेतावनी

फ्लोरेस टापु नजिकै शक्तिशाली भूकम्प गएपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी दिएको छ ।

इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियामा बिहीवार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार सबैरै भूकम्प गएको हो । त्यहाँको भूकम्प सम्बन्धी निकायले ६.१ म्याग्नेच्यूडको भूकम्प गएको जनाएको छ ।ठूलो भूकम्प आएपनि आँधीको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन । भूकम्पपछि कुनै क्षतिको विवरण पनि नआएको उनीहरुको भनाई छ । स्थानीय समयानुसार विहिबार बिहान ८ः ४५ बजेतिर भूकम्प गएको हो । –सिन्ह्वा

जापानमा शक्तिशाली भूकम्प

जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ । जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प आएको हो ।  जापानको सामुद्रिक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन् ।स्थानीय समयअनुसार बेलुका ५.३७ बजे भूकम्प आएको विभागले जानकारी दिएको छ ।   भूकम्प आएपनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन् ।

इरानमा शक्तिशाली भूकम्प

इरानमा सोमबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले ५.१ म्याग्नीच्युडको भूकम्प आएको जनाएको छ । तुर्किमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने इरानी भूभागमा सोमबार बिहान भूकम्प आएको अधिकारीहरुले जनाएका छन् ।  भूकम्प सतहदेखि १० किलोमिटर गइराईबाट आएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पबाट अहिलेसम्म कुनै धन र जनको  क्षति भएको विवरण आइनसकेको सरकारी अधिकारीहरुले बताएका छन् । –रासस/एएनआई

जापानमा शक्तिशाली भूकम्प

जापानमा शनिबार शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमअनुसार राजधानी टोकियो नजिकै केन्द्रबिन्दु भएर ७ रिक्टरस्केलको भूकम्प गएको हो ।  समाचारअनुसार भूकम्पको केन्द्रबिन्दु ३०६ उत्तरपूर्व रहेको छ । हालसम्म क्षतिको विवरण भने प्राप्त भएको छैन ।