दसैँ राम रमाइलोमा मात्र सीमित राख्नुपर्ने सोच परिस्कृत हुँदैछ । दसैँको समय घुमघाम र अध्ययनका साथै सृजनशील काममा खर्चिनुपर्ने तर्क गर्छन् साहित्यकार गणेश सुवेदी । नाटक, कविता, गीतलगायत साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका सुवेदी गीतकार हुन् । चलचित्र गीतका साथै आधुनिक, लोक र राष्ट्रियदेखि प्यारोडी गीतसम्मका शब्द कोरेका उनी अन्य विधाका साहित्य पनि रचना गर्छन् ।सुवेदी आफू लेखक मात्रै होइन, सक्रिय पाठक पनि हुन् । बजारमा निस्किएका र भेटेका प्रायः पुस्तक अध्ययन गर्ने बानी भएका सुवेदीले दसैँम