नेपाल स्टक एक्सचेञ्जले कम्पनीसँग जोडिएको एक संस्थाको पूर्ण विवरण नदिएको पाइएपछि कारबाही गर्ने चेतावनी दिएको छ । नेप्सेले खारे इन्भेस्टमेन्टको प्रबन्धपत्र, नियमावली, सम्पूर्ण सञ्चालकको विवरणलगायत लगानीका विविध विषयमा जानकारी मागेको थियो । राधीले ती विषयमा आंशिक मात्रै विवरण दिएर नेप्सेको निर्देशनलाई अवज्ञा गरेको पाइएको छ । नेप्सेको सुपरिवेक्षण शाखाका कामु सहायक प्रबन्ध सुवोध ढुंगेलका अनुसार लगानीको सम्पूर्ण विवरण नदिइएको पाइएकाले ३ दिनभित्र पेश गर्न निर्देशन दिइएको छ । धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ४८ बमोजिम ...