युएई र नेपालबीच सम्बन्ध मजबुत बनाउन छलफल

काठमाडौं : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र नेपालका लागि संयुक्त अरब इमिरेट्स युएईका राजदूत साइद अल नक्वीबीच भेटवार्ता भएको छ।  बुधबार राजदुत नक्वी र मन्त्री कुँवरबीच मन्त्रालयमा नै भेट भएको थियो।  नेपाल र युएई बीचको सम्बन्ध अझै मजबुत बनाउने विषयमा छलफल भएको थियो। युएईमा काम गर्ने नेपाली श्रमिकका समस्यालाई सहजीकरण गर्ने विषयमा पनि कुराकानी भयो। राजदूत नक्वीलाई मन्त्री कुँवरले युएईबाट कामदारको विषयमा कुनै नयाँ प्रस्ताव आएमा दुई देशबीच आपसमा सर

सम्बन्धित सामग्री

तस्बिरमा हेर्नुस् नेपाल र युएईबीचको खेल (फोटोफिचर)

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा युएई र नेपालबीच खेल भइरहेको छ।

तस्बिरमा हेर्नुस् नेपाल र युएईबीचको खेल (फोटोफिचर)

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा युएई र नेपालबीच खेल भइरहेको छ।

२०–२० क्रिकेट विश्वकप छनोट सेमिफाइन: नेपालविरुद्ध युएईले पहिले ब्याटिङ गर्दै

मूलपानी क्रिकेट मैदानमा अहिले ११ बजे हुने सेमिफाइनल खेलमा युएई र नेपालबीच प्रतिस्पर्धा हुनेछ।

शृंखला ‘क्लिन स्विप’ गर्ने प्रयास गर्छौं : रोहित पौडेल

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा हुने श्रृंखला ‘क्लिन स्विप’ गर्ने लक्ष्यमा रहेको बताएका छन्। विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले बिहीबार लिगको अन्तिम श्रृंखला घरेलु मैदानमा खेल्दै छ। श्रृंखलामा भ्रमणकारी दुई टोली संयुक्त अरब इमिरेट्स (युएई), पपुवान्युगिनी (पिएनजी) र नेपालबीच त्रिदेशीय खेल हुने छन्।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने श्रृंखलामा नेपालले सबै खेल &lsq

विश्वकप क्रिकेट लिग–२ : खेल जित्यो पपुवा न्युगिनीले, फाइदा भयो नेपाललाई

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको जारी त्रिदेशीय शृंखलामा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) प्रतियोगिताकै कमजोर टोली पपुवा न्युगिनीसँग पराजित भएको छ ।  शृंखलाको आफ्नो पहिलो खेलमा युएई पपुवा न्युगिनीसँग १३१ रनले पराजित भएको हो । २६३ रनको लक्ष्य पछ्याएको युएईलाई पपुवा न्युगिनीले ३४.२ ओभरमा १३१ रनमै अलआउट गर्‍यो ।  जारी प्रतियोगिताका ३० खेल खेलेको पपुवा न्युगिनीको यो तेस्रो जित हो । युएईविरुद्ध भने उसको यो दोस्रो जित हो । जारी प्रतियोगितामा पपुवा न्युगिनीले युएईसँगै अमेरिकालाई पनि पराजित गरेको छ ।  जितसँगै पपुवा न्युगिनीले २ अंक जोडे पनि यसको समग्र फाइदा नेपाललाई भएको छ ।  नेपाललाई कसरी भयो फाइदा ?  नेपाललाई कसरी फाइदा भयो ? यसबारे जान्न प्रतियोगिताको अंकतालिकाबारे चर्चा गरौं । अंकतालिकामा स्कटल्याण्ड ५० अंकसहित शीर्ष स्थानमा छ । दोस्रोमा रहेको ओमानको ४४ अंक छ । यस्तै, नामिबिया ३९ अंकसहित तेस्रो स्थानमा रहँदा अमेरिका ३५ अंकसहित चौथोमा छ । यी टोलीले प्रतियोगिताका सबै अर्थात् ३६ खेल खेलिसकेका छन् ।  लिगको अंकतालिकामा पाँचौंमा छ युएई । उसको २९ खेलबाट २९ अंक छ । पपुवा न्युगिनी भने ७ अंक बटुलेर अंकतालिकाको पुछारमा छ । ऊ विश्वकप छनोट र एकदिवसीय मान्यताको दौडबाट बाहिरिसकेको छ । अंकतालिकाको छैटौं स्थानमा रहेको नेपालको भने २९ खेलबाट २८ अंक छ । अर्थात् नेपाल अझै युएईभन्दा १ अंकले पछि छ ।आजको खेल युएईले जितेको भए नेपालभन्दा ऊ ३ अंकले पछि हुन्थ्यो । यसआधारमा युएई हार्दा नेपाललाई २ अंकको फाइदा भएको छ ।  जारी प्रतियोगितामा युएई हार्दा नेपाललाई फाइदा हुनेछ । किनकि नेपालको विश्वकप छनोट यात्रामा युएई बाधक बन्न सक्छ । नेपाल विश्वकपमा छनोट हुन पपुवा न्युगिनीसँग युएई हारेर मात्रै हुँदैन । नेपालले समेत युएईलाई हराउनुपर्नेछ । अर्थात् नेपालले अबको ७ खेलमध्ये ६ खेलमा जित्नुपर्नेछ । यो अवस्थामा युएईलाई कम्तीमा ३ खेलमा पराजित गर्नुपर्ने देखिन्छ । पपुवा न्युगिनीविरुद्ध बाँकी सबै खेल नेपालले जित्नुपर्नेछ ।  विश्वकप छनोटको दौडमा को–को ?  जारी प्रतियोगिताबाट स्कटल्याण्ड र ओमान आगामी विश्वकप प्रतियोगिताका लागि छानिसकेका छन् । यो प्रतियोगिताबाट आगामी विश्वकपका लागि अब एक टोली छानिन बाँकी छ । यसका लागि नामिबिया, अमेरिका, युएई र नेपालबीच प्रतिस्पर्धा भइरहेको छ ।  अहिलेको अवस्थामा नेपाललाई विश्वकपमा छनोट हुन लिग–२ का बाँकी ७ खेलमध्ये ६ खेल जित्न आवश्यक छ । यो अवस्थामा नेपालको अंक ४० हुनेछ । र, प्रतियोगितामा तेस्रो रहँदै विश्वकप छनोट हुनेछ । नेपालले अबका ६ खेल जितेको अवस्थामा युएईको अंक नेपालभन्दा कम हुनेछ । किनकि नेपालले ६ खेल जित्ने हो भने युएईलाई कम्तीमा ३ खेलमा हराउनुपर्नेछ ।  नेपालले अब प्रतियोगिताअन्तर्गत युएईविरुद्ध ४ र पपुवा न्युगिनीविरुद्ध ३ खेल खेल्न बाँकी छ ।  एकदिवसीय मान्यता जोगाउन भने नेपालले ४ खेल जित्नुपर्ने हुन्छ । यो अवस्थामा नेपालको ३६ अंक हुनेछ । र, कम्तीमा पाँचौं स्थानमा रहँदै एकदिवसीय मान्यता जोगिनेछ ।

नेपालले तेस्रो स्थानको लागि ओमानसँग खेल्ने

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप छनोट ए मा तेस्रो स्थानको लागि घरेलु टोली ओमानसँग खेल्ने भएको छ । तेस्रो स्थानको लागि ओमान र नेपालबीच बिहीबार ओमान क्रिके एकेडेमी ग्राउन्ड-२ मा हुनेछ । नेपाल र ओमान सेमिफाइनलबाट बाहिरिएपछि तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने भएका हुन् । टेस्ट टोली आयरल्यान्ड र युएई आइसिसी टि२० […]

युएईबाट समस्यामा परेका नेपाली भन्छन्– सरकार देश फर्कन पाऊँ

नेपालमा बढ्दै गइरहेको कोरोना महामारीको कारण युएई र नेपालबीच हवाई आवागमन बन्द भएपछि देश फर्कन नपाएर युएईमा