विश्वकप क्रिकेट लिग–२ : खेल जित्यो पपुवा न्युगिनीले, फाइदा भयो नेपाललाई

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको जारी त्रिदेशीय शृंखलामा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) प्रतियोगिताकै कमजोर टोली पपुवा न्युगिनीसँग पराजित भएको छ ।  शृंखलाको आफ्नो पहिलो खेलमा युएई पपुवा न्युगिनीसँग १३१ रनले पराजित भएको हो । २६३ रनको लक्ष्य पछ्याएको युएईलाई पपुवा न्युगिनीले ३४.२ ओभरमा १३१ रनमै अलआउट गर्‍यो ।  जारी प्रतियोगिताका ३० खेल खेलेको पपुवा न्युगिनीको यो तेस्रो जित हो । युएईविरुद्ध भने उसको यो दोस्रो जित हो । जारी प्रतियोगितामा पपुवा न्युगिनीले युएईसँगै अमेरिकालाई पनि पराजित गरेको छ ।  जितसँगै पपुवा न्युगिनीले २ अंक जोडे पनि यसको समग्र फाइदा नेपाललाई भएको छ ।  नेपाललाई कसरी भयो फाइदा ?  नेपाललाई कसरी फाइदा भयो ? यसबारे जान्न प्रतियोगिताको अंकतालिकाबारे चर्चा गरौं । अंकतालिकामा स्कटल्याण्ड ५० अंकसहित शीर्ष स्थानमा छ । दोस्रोमा रहेको ओमानको ४४ अंक छ । यस्तै, नामिबिया ३९ अंकसहित तेस्रो स्थानमा रहँदा अमेरिका ३५ अंकसहित चौथोमा छ । यी टोलीले प्रतियोगिताका सबै अर्थात् ३६ खेल खेलिसकेका छन् ।  लिगको अंकतालिकामा पाँचौंमा छ युएई । उसको २९ खेलबाट २९ अंक छ । पपुवा न्युगिनी भने ७ अंक बटुलेर अंकतालिकाको पुछारमा छ । ऊ विश्वकप छनोट र एकदिवसीय मान्यताको दौडबाट बाहिरिसकेको छ । अंकतालिकाको छैटौं स्थानमा रहेको नेपालको भने २९ खेलबाट २८ अंक छ । अर्थात् नेपाल अझै युएईभन्दा १ अंकले पछि छ ।आजको खेल युएईले जितेको भए नेपालभन्दा ऊ ३ अंकले पछि हुन्थ्यो । यसआधारमा युएई हार्दा नेपाललाई २ अंकको फाइदा भएको छ ।  जारी प्रतियोगितामा युएई हार्दा नेपाललाई फाइदा हुनेछ । किनकि नेपालको विश्वकप छनोट यात्रामा युएई बाधक बन्न सक्छ । नेपाल विश्वकपमा छनोट हुन पपुवा न्युगिनीसँग युएई हारेर मात्रै हुँदैन । नेपालले समेत युएईलाई हराउनुपर्नेछ । अर्थात् नेपालले अबको ७ खेलमध्ये ६ खेलमा जित्नुपर्नेछ । यो अवस्थामा युएईलाई कम्तीमा ३ खेलमा पराजित गर्नुपर्ने देखिन्छ । पपुवा न्युगिनीविरुद्ध बाँकी सबै खेल नेपालले जित्नुपर्नेछ ।  विश्वकप छनोटको दौडमा को–को ?  जारी प्रतियोगिताबाट स्कटल्याण्ड र ओमान आगामी विश्वकप प्रतियोगिताका लागि छानिसकेका छन् । यो प्रतियोगिताबाट आगामी विश्वकपका लागि अब एक टोली छानिन बाँकी छ । यसका लागि नामिबिया, अमेरिका, युएई र नेपालबीच प्रतिस्पर्धा भइरहेको छ ।  अहिलेको अवस्थामा नेपाललाई विश्वकपमा छनोट हुन लिग–२ का बाँकी ७ खेलमध्ये ६ खेल जित्न आवश्यक छ । यो अवस्थामा नेपालको अंक ४० हुनेछ । र, प्रतियोगितामा तेस्रो रहँदै विश्वकप छनोट हुनेछ । नेपालले अबका ६ खेल जितेको अवस्थामा युएईको अंक नेपालभन्दा कम हुनेछ । किनकि नेपालले ६ खेल जित्ने हो भने युएईलाई कम्तीमा ३ खेलमा हराउनुपर्नेछ ।  नेपालले अब प्रतियोगिताअन्तर्गत युएईविरुद्ध ४ र पपुवा न्युगिनीविरुद्ध ३ खेल खेल्न बाँकी छ ।  एकदिवसीय मान्यता जोगाउन भने नेपालले ४ खेल जित्नुपर्ने हुन्छ । यो अवस्थामा नेपालको ३६ अंक हुनेछ । र, कम्तीमा पाँचौं स्थानमा रहँदै एकदिवसीय मान्यता जोगिनेछ ।   

सम्बन्धित सामग्री

विश्वकप क्रिकेट लिग-२: ब्याटिङका कारण नेपालले गुमाएका ‘लो स्कोरिङ’ ७ खेल

विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले मंगलबारबाट कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दैछ। २०१९ देखि २०२३ सम्मको ७ राष्ट्र समिलित यो सिरिजमा नेपाल २४ खेलबाट १८ अंकका साथ छैटौँ नम्बरमा रहेको छ। लिग-२ को यो अध्यायमा शीर्ष तीन टोलीले जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान पक्का गर्नेछन्। वरीयतामा शीर्ष पाँचमा रहने टिमले एकदिवसीय अन्तर्राष्ट्रिय […]

विश्वकप क्रिकेट लिग-२: प्रशिक्षक फेरिए तर नतिजा फेरिएन

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगलबारबाट टियू मैदान कीर्तिपुरमा विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिज खेल्दै छ। प्रतियोगिताको यो यात्रामा नेपालले २४ खेल खेलिसक्दा ८ खेलमा मात्र जित निकालेको छ। नेपाल कमजोर पपुवा न्यु गिनीपछि अङ्कतालिकामा पुछारबाट दोस्रो स्थानमा छ। नेपालले ८ जित १४ हार र १ नो रिजल्ट र […]

विश्वकप क्रिकेट लिग २: नामिबियासँग भिड्दै नेपाल

काठमाडाैँ- नेपाली राष्ट्रिय क्रिकेट टिम विश्वकप क्रिकेट लिग- २ को खेलमा शुक्रबार नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। ४ वर्षे लामो यो यात्राको अन्तिम चरणतिर आउँदै गर्दा अब नेपालसँग हार्ने विकल्प एकदम कम छ। नेपालका लागि विशेष गरेर एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताका लागि पनि यो खेल अर्थपूर्ण छ। विश्वकप क्रिकेट लिग- २ मा नेपालसँग अब सीमित मात्र खेल बाँकी […]

विश्वकप क्रिकेट लिग-२: नेपाल र नामिबिया भिड्दै

नेपाल र नामिबिया बीचको खेल वाईन्डरस क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः१५ बाट शुरु हुनेछ।...

विश्वकप क्रिकेट लिग-२ का लागी नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडा प्रस्थान

काठमाडौँ । विश्वकप क्रिकेट लिग-२ को तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडा गएको छ । टोली गएराति २ बजे क्यानडा प्रस्थान गरेको हो।  क्यानडासँग नेपालले दुईवटा एकदिवसीय क्रिकेट खेल्नेछ भने क्यानडाको स्थानीय क्लबसँग पनि एक खेल खेल्ने कार्यक्रम तय भएको छ। क्यानडा भ्रमण सकिएलगत्तै नेपाली टोली त्यहीँबाट स्कटल्यान्ड जानेछ।  स्कटल्यान्डमा नेपालले विश्वकप क्रिकेट लिग […]

आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल आज ओमानसँग भिड्दै

आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलामा आज बिहीबार नेपालले ओमानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । अमेरिकाको मुसा क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ९ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

जुन ९ मा नेपालले विश्वकप क्रिकेट लिग–२ को पहिलो खेल खेल्ने

विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो पहिलो खेल जुन ९ मा खेल्दैछ । लिगमा सहभागिताका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले ओमानसँग पहिलो खेल खेल्नेछ । लिग अन्तर्गत अमेरिकामा सञ्चालन भइरहेको सिरिजमा नेपाल, ओमान र अमेरिका रहेका छन् ।सिरिज अमेरिकाको टेक्सस राज्यको ह्युष्टन सहरमा रहेको  मोसा स्टेडियम सञ्चालन हुनेछ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व कप क्रिकेट लिगको खेलहरूमा सहभागिता जनाउनुअघि तयारी स्वरूप एनआरएनए एनसिसी युएसए कपमा सहभागिता जनाएको थियो

आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपाल-ओमान भिडन्त

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज ओमानसँग खेल्दैछ। ओमानको अल अमिरात क्रिकेट मैदानमा खेल दिउँसो ४ बजेर १५ मिनेटमा सुरु हुने छ। नेपाल यस अघि भएको खेलमा ओमानसँग चार विकेटले पराजित भएको छ। नेपालले आजको खेल जित्दै प्रशिक्षकको सु:खद  बिदाइ गर्न चाहन्छ। नेपाली प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिइसकेका छन्। उनी ओमानबाट फर्किएलगत्तै जिम्मेवारीविहीन हुँदै छन्।यस अघि शुक्रबार भएको खेलमा नेपाल अमेरिकासँग ६ विकेटल

विश्वकप क्रिकेट लिग–२ : नेपाल र अमेरिकाबीच खेल हुँदै

आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत नेपालले आज अमेरिकासँग एकदिवसीय खेल खेल्ने भएको छ ।  ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको उक्त खेल ४ः १५ मा शुरु हुनेछ । नेपालले अमेरिकासँग खेल्नु अघि पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेलेको थियो । नेपालले दुवै खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको थियो । अमेरिकाले पनि नेपालसँग खेल्नुअघि पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेलेको थियो । अमेरिकाले दुवै खेल जितेको थियो । यसअघि नेपाल र अमेरिकाबीच सन् २०२० को

विश्वकप क्रिकेट लिग–२ मा आज नेपाल र अमेरिकाको भिडन्त

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृंखला आजबाट सुरु हुँदैछ । ओमानमा जारी श्रृंखलाको पहिलो खेलमा आज नेपाल अमेरिकाविरुद्ध खेल्दैछ । यो खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । नेपालका उपकप्तान दिपेन्द्र सिंह ऐरी हिजो अभ्यासकोक्रममा चोटग्रस्त भएका छन् । दिपेन्द्रको अनुपस्थिती नेपालको लागि […]