सन् २०१८ मा सबैभन्दा बढी ट्विटर फलोअर्स भएकी सेलिब्रेटी हुन्, क्यालिफोर्नियाकि केटी पेरी । ३४ वर्षीया पेरी अमेरिकी गायिका, गीतकार तथा टेलिभिजन पर्सनालिटी हुन् । पप एवं रक विधाका गीत गाउने पेरीले केही चलचित्रमा अभिनयसमेत गरेकी छिन् ।
काठमाडौं । विश्वभर धेरै चलाइने सामाजिक सञ्जाल (Social Media) मा इन्स्टाग्राम (Instagram) चौथो धेरै चलाइनेमा पर्छ । सन् २०१० देखि शुरू भएको इन्स्टाग्रामको २०२३ सम्ममा दुई अर्ब प्रयोगकर्ता (User) छन् ।
इन्स्टाग्राम शुरूआती दिनमा साधारण फोटो सेयरिङ्ग एपको रूपमा प्रयोगमा आएको थियो । तर, अहिले यो सामान्य फोटो हाल्ने सञ्जाल मात्र नभएर धेरैजनाको कमाउने थलो पनि बनेको छ ।
इन्स्टाग्रामबाट चर्चित फुटबल खेलाडीदेखि, गायिका, लेखकसम्मले पोस्ट लाखौं अमेरिकी डलर कमाउँदै आएका छन् । तीमध्ये सबैभन्दा बढी कमाउनेमा पर्छन् पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो Cristiano Ronaldo (@cristiano) ।
उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा कुनै व्यावसायिक कम्पनीका उत्पादन वा विज्ञापन शैलीका प्रमोसनल पोस्ट गर्दा एक पोष्टकै २८ लाख अमेरिकी डलर (३६ कराेड रुपैयाँभन्दा बढी)सम्म शुल्क लिने गरेका छन् । उनको इन्स्टाग्राम अकाउन्टमा ५७१ मिलियन फलोअर्स छन् ।
इन्स्टाग्राममा सर्वाधिक फलोअर्स भएका र कमाइ गर्नेहरूको यहाँ चर्चा गरिएको छ ।
इन्स्टाग्राम Instagram (@instagram)
इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गरिएको एकाउन्ट इन्स्टाग्रामको आफ्नै छ । इन्स्टाग्रामको ६२८ मिलियन फलोअर्स छ । र, यसको ७००० भन्दा बढी पोस्ट छन् ।
लियोनल मेसी Lionel Messi (@leomessi)
अर्जेटिनाका चर्चित फुटबल खेलाडी लियोनल मेसीको इन्स्टाग्राम अकाउन्टमा ४५१ मिलियन फलोअर्स छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट गरेबापत १७ लाख अमेरिकी डलरसम्म शुल्क लिने गरेका छन् ।
सेलिना गोमेज Selena Gomez (@selenagomez)
चर्चित अमेरिकी गायिका अरियाना ग्रान्डेको इन्स्टाग्राम अकाउन्टमा ४०८ मिलियन फलोअर्स छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट गरेबापत १६ लाख अमेरिकी डलरसम्म शुल्क लिने गरेकी छन् ।
अरियाना ग्रान्डे Ariana Grande (@arianagrande)
चर्चित अमेरिकी गायिका अरियाना ग्रान्डेको इन्स्टाग्राम अकाउन्टमा ३६४ मिलियन फलोअर्स छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरेको ६ लाख १९ हजारदेखि १० लाख अमेरिकी डलरसम्म शुल्क लिने गरेकी छन् ।
किम कार्दशियन Kim Kardashian (@kimkardashian)
मिडिया व्यक्तित्व तथा व्यवसायी किम कार्दशियनको इन्स्टाग्राम अकाउन्टमा ३५१ मिलियन फलोअर्स छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट गरेको १४ लाख अमेरिकी डलरसम्म शुल्क लिने गरेकी छन् ।
बियोन्से नोल्स Beyoncé Knowles (@beyonce)
चर्चित अमेरिकी गायिका बियोन्से नोल्सको इन्स्टाग्राम अकाउन्टमा ३०३ मिलियन फलोअर्स छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरेको १० लाख अमेरिकी डलरसम्म शुल्क लिने गरेकी छन् ।
काइली जेन्रर Kylie Jenner (@kyliejenner)
चर्चित अमेरिकी मिडिया व्यक्तित्व तथा व्यावसायी काइली जेन्ररको इन्स्टाग्राम अकाउन्टमा ३८६ मिलियन फलोअर्स छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट गरेको १८ लाख अमेरिकी डलरसम्म शुल्क लिने गरेकी छन् ।
ड्वेन जोनसन Dwayne “The Rock” Johnson (@therock)
चर्चित अमेरिकी कलाकार ड्वेन जोनसन ‘द रक’को इन्स्टाग्राम अकाउन्टमा ३७३ मिलियन फलोअर्स छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट गरेको १७ लाख अमेरिकी डलरसम्म शुल्क लिने गरेका छन् ।
क्लोइ कार्डेसियन Khloe Kardashian (@khloekardashian)
चर्चित अमेरिकी मिडिया व्यक्तित्व क्लोइ कार्डेसियनको इन्स्टाग्राम अकाउन्टमा ३०२ मिलियन फलोअर्स छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट गरेको दुई लाख ५० हजार अमेरिकी डलरसम्म शुल्क लिने गरेकी छन् । एजेन्सीकाे सहयाेगमा
कमेडियन खाबी लामे टिकटकमा सबैभन्दा बढी फलोअर्स हुने व्यक्ति बनेका छन्। १४३ मिलियनभन्दा बढी फलोअर्स बटुल्दै उनी टिकटकमा सबैभन्दा लोकप्रिय बनेका हुन्।
यसअघि चार्ली डी'मिलियो टिकटकमा धेरै फलोअर्स हुने व्यक्तिको सुचीको पहिलो नम्बरमा थिइन्। उनको रेकर्डलाई २२ वर्षीय लामेले 'ब्रेक' गरेका हुन्।
लामेले टिकटकमा कमेडी भिडियोहरू पोस्ट गर्छन्। भिडियोहरूमा उनले आवाज बिना नै शारीरिक हाउभाउले…
काठमाडौं । नेपालमा फेसबुक र टीकटक पछिकाे लोकप्रिय सामाजिक सञ्जाल हो इन्स्टाग्राम । फेसबुक र टीकटक सबै उमेर समूहका इन्टरनेट उपभोक्ताहरूमाझ लोकप्रिय छ भने इन्स्टाग्राम युवाहरूमाझ बढी लोकप्रिय देखिन्छ । आज हामी हजुहरुमाझ हाम्रो अनुसन्धानको आधारमा इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्सहरू भएका शीर्ष नेपाली कलाकारहरुको जानकारी गराउँदछौं । १) अदिती बुढाथोकी इन्स्टाग्राममा २.०३ मिलियन अर्थात २३ […]
फोटो सेयरिङ प्लेटफर्म इन्स्टाग्राममा किशोरकिशोरीदेखि युवायुवतीलाई लत नै लागेको छ। २०२१ को डिसेम्बरसम्ममा इन्स्टाग्रामका प्रयोगकर्ता २ बिलियन (२ अर्ब) बढी पुगिसकेको बताइएको छ।
पोर्चुगलका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो इन्स्टाग्राममा सबैभन्दा बढी फलो गरिने व्यक्ति बनेका छन्। उनलाई इन्स्टाग्राममा ४०० मिलियन (४० करोड) बढिले फलो गरेका छन्। विश्व फुटबलमा हासिल गरेको कीर्तिमानी…
काठमाडौं । विश्वमा सामाजिक सञ्जालको प्रयोग निरन्तर बढ्दै गएको छ । सामाजिक सञ्जालमध्ये ट्विटर विश्वका नयाँनयाँ ट्रेन्डबारे अपडेट गराउने माध्यमका रूपमा चर्चित छ । उपलब्ध विभिन्न सामाजिक सञ्जालहरूमध्ये ट्विटरलाई 'ट्रेन्डिङ ह्यान्डल' भन्दा पनि फरक नपर्ला ।
फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता सामाजिक सञ्जालमा भएका फलोअर्सको संख्यालाई कुनै पनि व्यक्तिको व्यक्तित्वसँग जोडेर हेरिन्छ । आज हामीले विश्वमा ट्विटरमा सबैभन्दा बढी फलोअर्स भएका १०...
काठमाडौं / पोर्चुगलका स्टाइकर तथा विश्व प्रशिद्ध फुटबलर क्रिष्टियानो रोनाल्डोलाई इन्स्टाग्राममा ३ सय मिलियनले फलो गरेका छन् । यो सँगै उनी इन्स्टाग्राममा सबैभन्दा धेरै फलाअर्स पाउने पहिलो व्यक्ति तथा खेलाडी बनेका छन् । त्यस्तै उनीपछि सर्वाधिक फलोअर्स भएका खेलाडीमा द रक रहेका छन् । उनलाई २ सय ४६ मिलियनले फलो गरेका छन् । त्यस्तै तेस्रो...
The post इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स भएका व्यक्ति बने रोनाल्डो, मेस्सी तेस्रोमा appeared first on Purbeli News.
सबैभन्दा बढी फ्यान फलोइङ हुने अभिनेत्रीमा प्रियंका चोपडा पर्छिन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रियंकाको ६ करोड ९ फलोअर्स रहेका छन्। प्रियंका अन्य भारतीय सेलिब्रेटीभन्दा फ्यान फलोअर्सको आधारमा अग्रस्थानमा छिन्। सन् २००३ मा फिल्म द हिरोमार्फत बलिउड डेब्यु गरेकी प्रियंका हलिउडमा समेत प्रख्यात छिन्।
बलिउडका केही अभिनेताको भन्दा पनि बढी पारिश्रमिक लिने अभिनेत्री दिपिका पादुकोणको इन्स्टाग्राममा भने ५ करोड २४ लाख फलोअर्स छन्। उनी इन्स्टाग्राममा सबैभन्दा बढी फलो गरिएको अभिनेत्रीको लिस्टमा तेस्रो नम्बरमा पर्छिन्। दिपिका पनि बलिउड मात्र नभई हलिउडमा समेत प्रख्यात अभिनेत्री हुन्।
एजेन्सी । पछिल्लो एक दशक यता युट्युबमा भिडियो अपलोड गरेर राम्रो आम्दानी गर्नेको संख्या धेरै नै रहेको छ । केही स्तरीय कन्टेट प्रस्तुत गरेर भिजिटर र फलोअर्स बढाउने काम पनि भइराख्दै आइरहेको छ ।