काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायपालिकालाई दोष दिने काम नगर्न आग्रह गर्नुभएको छ । प्रधानन्यायाधीश जबराले न्यायपालिकाले गर्ने फैसला समाज र नागरिकसँग अभिप्रेरित हुने भएकाले त्यसलाई दोष दिने काम गर्न नहुने तर्कसमेत गर्नुभयो । नेपाल कानुन व्यवसायी परिषद्ले आज बुधवार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले न्यायपालिकाले जहिले पनि समाजलाई हेरेर फैसला गरिरहने हुनाले यसलाई दोष दिने ठाउँ नरहेको बताउनुभयो । प्रधानन्यायाधीश जबराले भन्नुभयो, ‘न्यायपालिकाले गर्ने सबै फैसला समाज...