राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको बारेमा प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेका छन्। प्रचण्डले आज बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका हुन्।छलफलमा गृहमन्त्री रवि लामिछाने अर्थमन्त्री विष्णुप्रसाद पौडेल र आयोगका पदाधिकारी सहभागी थिए। प्रचण्डले आयोग पदाधिकारीसँगको छलफलमा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनको मितिको बारेमा छलफल गरेको जनाइएको छ। त्यस्तै त्यस लगत्तै उनले  मन्त्रालयका सचिवहरूसँग छलफल थालेका छन्। 

सम्बन्धित सामग्री

बालुवाटारमा प्रधानमन्त्री दाहाल र आयोगको पदाधिकारीबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको छ । साेमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालसँगै मन्त्रीहरू र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयोगका पदाधिकारी सहभागी छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने तयारी भइरहेका बेला आयोगको टोलीले प्रधानमन्त्रीसँग छलफल गरिरहेको हो ।

प्रधानमन्त्रीले सचिव र आयोग पदाधिकारीहरूसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार विभिन्न मन्त्रालयका सचिव र निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्ने भएका छन् । बिहान १० बजे सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीसँग र ११ बजे विभिन्न मन्त्रालयका सचिवहरूसँग प्रधानमन्त्रीले छलफल