नेपाली सेनाले नियमित अभ्यास अन्तर्गत सोमवार राति चक्रपथ र माघ २१ गते बिहान काठमाडौंदेखि धुलिखेलसम्म सेनाको बख्तरबन्द गाडीहरू बाहिर निकाल्दैछ ।
देशमा राजनीतिक अन्योल भएको समयमा सेनाले निकाल्न लागेको बख्तरबन्दले के सन्देश दिन खोजेको हो भन्ने खालको चर्चा हुन थालेको छ ।
नेपाली सेनाले सामाजिक सञ्जाल ट्विटरमा नियमित अभ्यासको योजना अनुसार बख्तरबन्द निकालिएको जनाएको छ ।
‘नेपाली सेनाको नियमित अभ्यास अनुसार माघ १९ गते राति बख्तरबन्द गाडीहरूले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको । त्यसैगरी ८ वटै पृतना...