सामुदायिक वनको घाँस काट्न ७१० रुपैयाँ

सुर्खेत : जाजरकोटको भेरी नगरपालिका–११ कटीगाउँका सामुदायिक वन वर्षको एकपटक खुला गरिन्छ। तर यहाँ घाँस काट्न ७१० रुपैयाँ बुझाउनुपर्छ। घाँस काट्न खुला हुने  दिन यहाँका कटुवालले गाउँको अग्लो डाँडामा गएर सूचना दिने गर्छन्, ‘आज वन छोडिसके, घाँस काट्न जाने भए छिटो आऊ, मैले भन्ने धर्म हो, चाँडो आउ हइ।’ दलित समुदाय रहेको यो गाउँका महिला सूचना पाएलगत्तै एकजुट हुने गर्छन्।  बच्चा समेत च्यापेर घाँस काट्न जाँदा घाँस काट्न गएको दृश्यले यहाँको अभाव र समस्याको वास्तविक झल्को

सम्बन्धित सामग्री

विषाक्त घाँस खाँदा चितवनमा एउटै फार्मका सातओटा गाई मरे, १० लाख बराबरको क्षति !

चितवन । विषाक्त घाँस खाएका कारण भरतपुरमा एउटै गोठका सातओटा गाईबस्तु मरेका छन् । भरतपुर–११, नयाँकिरण टोलस्थित शुभ नारायणी गाई फार्ममा रहेका माउ बच्चा गरी ११ ओटा गाईमध्ये सातओटा गाई मरेका हुन् ।  फार्मका सञ्चालक शिव लामिछानेले गत आइतबार दिउँसो १२ बजेतिर घाँस खुवाएर दिउँसो २ बजेतिर पानी खुवाउने बेलामा गाई बिरामी भएको थाहा पाएको बताए । त्यसपछि घरायसी उपचार गरे पनि ठीक नभएपछि भेटेरिनरी अस्पतालमा खबर गरेको उनको भनाइ छ । त्यसपछि प्राविधिक आएर स्वास्थ्य जाँच गर्दा पनि ठीक नभएको लामिछानेले बताए ।  उनले आफ्नो फार्ममा आइतवार साँझ पाँचओटा र सोमवार साँझ दुईओटा गाई मरेको बताए । गाईमा र्‍याल काड्ने, जिब्रो बाहिर निकाल्ने र पेट फुल्ने समस्या देखिएपछि ढलेको र त्यसपछि मरेको उनको भनाइ छ । ‘दुईओ टा ब्याउने बेला भएको माउ, तीनओटा दुहुनो र दुईओटा कोरली गाई मर्याे,’ उनले भने, ‘अब त मेरो गोठ नै रित्तियो ।’  गोठमा रहेको अर्को कोरली गाई पनि बिरामी मंगलबारदेखि परेको छ । ‘गाई पाल्न थालेको १६ वर्षसम्म यस्तो समस्या खेप्नु नपरेको उनले बताए । गाई मर्दा करीब १० लाख रुपैयाँ क्षति भएको उनको भनाइ छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पनि विषाक्त घाँसकै कारण गाई मरेको बताएको छ । ‘घाँस नै विषाक्त परेको जस्तो देखिन्छ,’ विज्ञ केन्द्रका प्रमुख सुशील केसीले भने, ‘त्यसबाहेक अन्य कुनै समस्या देखिएको छैन ।’ पोष्टमार्टम गरेर हेर्दा पनि अन्य समस्या केही नदेखिएको उनले बताए । घाँस नै विषाक्त भएपछि घाँस खाएका गाई मरेको र नखाएका जति बाँचेको उनले जानकारी दिए ।

झापामा फस्टाउँदै जडीबुटी खेती

३ माघ, झापा । अर्जुनधाराका डम्बर चौधरीले गत वर्ष पाँच बिघा जग्गामा पचौली नामक जडीबुटीको खेती थालनी गरे । रोपेको तीन महिनापछि यसको बुट्यानबाट घाँस काटेर बिक्री गर्न थाले । यसको काँचो घाँस प्रतिकेजी २० रुपैयाँ र सुकेको घाँस १०० रुपैयाँमा बिक्री हुने भएकाले पचौली खेतीको आम्दानीबाट सन्तुष्ट रहेको उनले बताए । मेचीनगर–१४ दुहागढीमा २०७० […]

पोखरा महानगरमा घाँस खेती गर्ने किसानलाई अनुदान

२९ साउन, पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २१ का नन्दप्रसाद पोखरेल आइतबार पोखरा सभागृहमा प्रफुल्ल मुद्रामा भेटिए । आफूले २० रोपनी जग्गामा सघन प्रजातिको घाँस उत्पादन गरेवापत महानगरबाट ६० हजार रुपैयाँ अनुदान पाएपछि उनी मख्ख थिए । कृषि पेशामा आवद्ध पोखरेल लामो समयदेखि सघन घाँस उमार्दै आएका थिए । तर, घाँस खेती गर्दा पनि […]

बरसिम घाँस खेतीबाट मनग्य आम्दानी

दाङ : घोराही उपमहानगरपालिका-६ गुरुवागाउँका राममदन चौधरीको मुख्य पेशा कृषि हो। उनले आफ्नो खेतबारी धान, मकै, तोरी, गँहुलगायतको अन्नबाली लगाउँथे। समयमा पानी नपर्दा‚ मल नपाउँदासास्ती भोग्दै आएका थिए। यसरी वर्षभरि दुःख गरेर खेती गर्दा वर्षमा मुस्किलले करिब ३० हजार रुपैयाँ आम्दानी गर्दथे।तर, उनले १० वर्षदेखि धानबाहेक अरु बालीको खेती गर्न छाडे। धानको सिजन सकिने बित्तिकै खेतमा बरसिम घाँस लगाउँछन्। घाँस खेतीबाट एक सिजनमै करिब एक लाख रूपैयाँसम्म आम्दानी हुने गरेको राममदनले बताए।‘मैले १० व

वैदेशिक रोजगारीमा धोका पाएपछि घाँस खेती, वार्षिक १५ लाख कमाइ

पहाडबाट तराई झर्दाको संघर्षमय जीवन यात्रा र वैदेशिक रोजगारीमा निकै हन्डर खाएका शंकरसिंह बिष्ट बल्ल सुखानुभूति गर्दैछन् । कैलालीको कैलारी गाउँपालिका–५ पवेराका ३३ वर्षीय बिष्ट छोटो अवधिमै कृषि व्यवसायबाट मिलेको सफलताले उत्साहित भएका छन् । एकीकृत कृषि व्यवसायबाट वर्षमा २८ लाख रुपैयाँ बढीको कारोबार हुन थालेपछि उनी तथा उनको परिवार हाल थालेको व्यवसायबाट निकै नै उत्साहित भएका छन् । बन्डोली एकीकृत कृषि फर्ममार्फत व्यावसायिक कृषि व्यवसाय थालेका उनले चालू वर्षमा मात्रै घाँस खेतीबाट २० लाख रुपैयाँ बढीको कारोबार ग...

१२ वर्षीय बालिका बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय वृद्ध पक्राउ परेका छन् । प्रहरीले धनुषाधाम नगरपालिका–५ (पर्वता)का पल्टु मण्डललाई पक्राउ गरेको हो । मण्डलले बालिकालाई एक हजार रुपैयाँ दिन्छु भन्दै फकाएर घाँस काट्न गएको समयमा बलात्कार गरेको ईलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ ।  सोमबार राती पक्राउ परेका मण्डलमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।उनीमाथि जबर्जस्ती करणी अन्तर्गत मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय धनुषाधामका इन्चार्ज सुरेश ठाकुरले जानकारी द

१२ वर्षीय बालिकाको बलात्कार आरोपमा ६० वर्षीय वृद्ध समातिए

जनकपुरधाम : धनुषामा १२ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक जना वृद्धलाई पक्राउ गरेको छ। जिल्लाको धनुषाधाम नगरपालिकाका ६० वर्षीय वृद्धले बालिकालाई पैसाको लोभ देखाएर बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ। प्रारम्भीक अनुसन्धानमा धनुषाधाम नगरपालिका पल्टु मण्डलले बालिकालाई एक हजार रुपैयाँ दिन्छु भन्दै फकाएर घाँस काट्न गएको समय बलात्कार गरेको खुलेको प्रहरीको दावी…

एक करोड लगानीमा कृषि घाँस उद्योग स्थापना

चितवन । रत्ननगर नगरपालिका–१२ जमुनापुरमा १ करोड लगानीमा कृषि घाँस (साइलेज) उद्योग स्थापना गरिएकोे छ । दूध र मासु उत्पादनमा लागत कम गर्दै पशुपक्षीको आहाराको अभाव पूरा गर्न उक्त उद्योगको स्थापना गरिएको हो । ‘जय माँ लक्ष्मी कृषि घाँस उद्योग, साइलेज निर्माण तथा कस्टम हायरिङ सेन्टर’को बुधवार एक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले उद्घाटन गरे । सो अवसरमा उनले कृषिमा आधुनिकीकरण र आत्मनिर्भरताका लागि नगरपालिकाले कृषिक्षेत्रलाई प्राथमिकता दिँदै आएको बताए । आगामी दिनमा पनि नगरपालिकाले किसानलाई आधुनिक कृषि उपकरण लगायत अन्य प्राविधिक सहयोग गर्दै जाने वनको भनाइ छ । प्रेम थापा, शिव थापा र सुजिन्द्रबहादुर थापाको संयुक्त लगानीमा उक्त उद्योग सञ्चालनमा ल्याइएको हो । गाई, भैंसी, बाख्रा लगायत पशुचौपायालाई खुवाउने घाँस उत्पादन तथा प्याकेजिङ गरी कृषकलाई सहुलियत दरमा उपलब्ध गराउने  उद्देश्यले उद्योग सञ्चालन गरिएको अध्यक्ष प्रेम थापाले बताए । उनका अनुसार हरियो मकैसहितको बोटलाई काटेर मेशिनको माध्यमबाट प्याकेजिङ गरिन्छ । घाँस प्याकेजिङ गर्दा नै वस्तुभाउलाई आवश्यक पर्ने खाद्यवस्तु तथा मिनरल समेत राखिने उनले बताए । यसरी प्याकिङ गरिएको घाँस ५ वर्षसम्म प्रयोग गर्न सकिने बताइएको छ । स्थानीय किसानले लगाएको मकैको हरियो बोटसहित प्रतिकट्ठा २ हजारदेखि ३ हजार रुपैयाँमा खरीद गरी उद्योगले ल्याउने गरेको उद्योगका अर्का सञ्चालक शिव थापाले बताए । उनका अनुसार हाल जिल्लाका पदमपुर, जमुनापुर र पिठुवा क्षेत्रबाट हरियो मकै सहितको घाँस खरीद गर्ने गरिएको छ । माग बढ्दै गएमा अन्य जिल्लाबाट पनि मकैको बोट खरीद गरेर ल्याइने बताइएको छ । किसानले उत्पादन गरेको मकै बजार मूल्यभन्दा महँगोमा उद्योगले लिने भएकाले किसानहरू यस उत्पादनप्रति आकर्षित भएको सञ्चालकहरूको भनाइ छ । उद्योगबाट उत्पादित साइलेज बजारमा पाइने ढुटो, चोकर, दानाको तुलनामा सस्तो हुँदा माग समेत बढेको उनीहरू बताउँछन् । हाल उद्योगमा ७५ लाख रुपैयाँ लगानी भइसकेको छ भने थप २५ लाख लगानी हुने चरणमा रहेको उद्योगका सञ्चालक सुजिन्द्रबहादुर थापाले बताए । उद्योगलाई रत्ननगर नगरपालिकाले कस्टम हायरिङ सेन्टर र उपकरण खरीदका लागि करीब २५ लाख रुपैयाँ अनुदान दिएको छ ।

महंगा गाडीमा घाँस फलाउँदै सिंहदरबार !

सरकारी कामकाजका लागि नयाँ सवारी साधन खरिदमा बर्सेनि अर्बौं रुपैयाँ खर्च भइरहेको छ । तर भइरहेका सवारी साधनको उचित मर्मतसम्भार नहुँदा राज्यको सम्पत्ति कुहिएर गइरहेको छ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र पार्किङस्थलमा अलपत्र छाडिएको यो गाडीमा घाँस उम्रेको छ । एकातिर राज्यको सम्पत्ति संरक्षण गर्न नसक्ने अर्कोतिर संरक्षण अभावमा कवाडी बनेका गाडीलाई यसरी अलपत्र छाड्दा सिंहदरबारको सौन्दर्यमा दाग लागेको छ । यसतर्फ कसले सोच्ने ? को जवाफदेही हुने ? हामी कहिले जिम्मेवार बन्ने ? यो तस्वीरले यातव प्रश्न जन्माएको छ ।

महंगा गाडीमा घाँस फलाउँदै सिंहदरबार !

सरकारी कामकाजका लागि नयाँ सवारी साधन खरिदमा बर्सेनि अर्बौं रुपैयाँ खर्च भइरहेको छ । तर भइरहेका सवारी साधनको उचित मर्मतसम्भार नहुँदा राज्यको सम्पत्ति कुहिएर गइरहेको छ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र पार्किङस्थलमा अलपत्र छाडिएको यो गाडीमा घाँस उम्रेको छ । एकातिर राज्यको सम्पत्ति संरक्षण गर्न नसक्ने अर्कोतिर संरक्षण अभावमा कवाडी बनेका गाडीलाई यसरी अलपत्र छाड्दा सिंहदरबारको सौन्दर्यमा दाग लागेको छ । यसतर्फ कसले सोच्ने ? को जवाफदेही हुने ? हामी कहिले जिम्मेवार बन्ने ? यो तस्वीरले यातव प्रश्न जन्माएको छ ।