दाङ : घोराही उपमहानगरपालिका-६ गुरुवागाउँका राममदन चौधरीको मुख्य पेशा कृषि हो। उनले आफ्नो खेतबारी धान, मकै, तोरी, गँहुलगायतको अन्नबाली लगाउँथे। समयमा पानी नपर्दा‚ मल नपाउँदासास्ती भोग्दै आएका थिए। यसरी वर्षभरि दुःख गरेर खेती गर्दा वर्षमा मुस्किलले करिब ३० हजार रुपैयाँ आम्दानी गर्दथे।तर, उनले १० वर्षदेखि धानबाहेक अरु बालीको खेती गर्न छाडे। धानको सिजन सकिने बित्तिकै खेतमा बरसिम घाँस लगाउँछन्। घाँस खेतीबाट एक सिजनमै करिब एक लाख रूपैयाँसम्म आम्दानी हुने गरेको राममदनले बताए।‘मैले १० व