विषाक्त घाँस खाँदा चितवनमा एउटै फार्मका सातओटा गाई मरे, १० लाख बराबरको क्षति !

चितवन । विषाक्त घाँस खाएका कारण भरतपुरमा एउटै गोठका सातओटा गाईबस्तु मरेका छन् । भरतपुर–११, नयाँकिरण टोलस्थित शुभ नारायणी गाई फार्ममा रहेका माउ बच्चा गरी ११ ओटा गाईमध्ये सातओटा गाई मरेका हुन् ।  फार्मका सञ्चालक शिव लामिछानेले गत आइतबार दिउँसो १२ बजेतिर घाँस खुवाएर दिउँसो २ बजेतिर पानी खुवाउने बेलामा गाई बिरामी भएको थाहा पाएको बताए । त्यसपछि घरायसी उपचार गरे पनि ठीक नभएपछि भेटेरिनरी अस्पतालमा खबर गरेको उनको भनाइ छ । त्यसपछि प्राविधिक आएर स्वास्थ्य जाँच गर्दा पनि ठीक नभएको लामिछानेले बताए ।  उनले आफ्नो फार्ममा आइतवार साँझ पाँचओटा र सोमवार साँझ दुईओटा गाई मरेको बताए । गाईमा र्‍याल काड्ने, जिब्रो बाहिर निकाल्ने र पेट फुल्ने समस्या देखिएपछि ढलेको र त्यसपछि मरेको उनको भनाइ छ । ‘दुईओ टा ब्याउने बेला भएको माउ, तीनओटा दुहुनो र दुईओटा कोरली गाई मर्याे,’ उनले भने, ‘अब त मेरो गोठ नै रित्तियो ।’  गोठमा रहेको अर्को कोरली गाई पनि बिरामी मंगलबारदेखि परेको छ । ‘गाई पाल्न थालेको १६ वर्षसम्म यस्तो समस्या खेप्नु नपरेको उनले बताए । गाई मर्दा करीब १० लाख रुपैयाँ क्षति भएको उनको भनाइ छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पनि विषाक्त घाँसकै कारण गाई मरेको बताएको छ । ‘घाँस नै विषाक्त परेको जस्तो देखिन्छ,’ विज्ञ केन्द्रका प्रमुख सुशील केसीले भने, ‘त्यसबाहेक अन्य कुनै समस्या देखिएको छैन ।’ पोष्टमार्टम गरेर हेर्दा पनि अन्य समस्या केही नदेखिएको उनले बताए । घाँस नै विषाक्त भएपछि घाँस खाएका गाई मरेको र नखाएका जति बाँचेको उनले जानकारी दिए ।  

सम्बन्धित सामग्री

गएकाे आवमा चितवनमा जङ्गली जनावरको आक्रमणमा परि १२ जनाको ज्यान गयाे

चितवन - गएकाे आर्थिक वर्ष २०७९/०८० मा चितवनमा जङ्गली जनावरकाे आक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् ।  तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच/पाँच जना र  हात्तीको आक्रमणबाट दुई जनाकाे ज्यान गएकाे छ । जङ्गली जनावरकाे आक्रमणबाट ज्यान गुमाएकाकाे परिवारहरुलाई जनही १० लाख रुपैयाँका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार जङ्गली जनावरको आक्रमणबाट ३१ जना गम्भीर र २७ जना सामान्य घाइते भएका छन् । गम्भीर घाइते भएका ३१ जनाक...

चितवनको घरजग्गा कारोबार ४०% ले बढ्यो, ६ मिटर बाटोमा १० लाख रुपैयाँमै घडेरी

पुस २, काठमाडौं। नेकपा (एमाले) को हालै सम्पन्न १० औं महाधिवेशनका कारण चितवनको घरजग्गा कारोबार ४० प्रतिशतले बढेको छ।  मंसिर १० देखि १४ गतेसम्म चितवनमा सम्पन्न महाधिवेशनमा देशभरबाट लाखौ नेता तथ कार्यकर्ता चितवन पुगेका थिए। महाधिवेशनमा आएका प्रतिनिधिदेखि कार्यकर्तासम्मले त्यतिबेलै चितवनका विभिन्न ठाउँमा घरघडेरी हेरेर गएका थिए। गोजिमा नगद पैसा हुने नेता कार्यकर्ताले कसैले बैना मात्रै दिएर त कसैले पुरै रकम दिएर तत्कालै घरजग्गा किनेका कारण चितवनको कारोबार बढेको घरजग्गा व्यावसयि दीनेशकुमार चुकेले बताए। मंसिर महीनामा चितवनका चार ओटै मालपोत कार्यालयबाट २ हजार ८०० ओटा घरजग्गा किनबेच भएका छन्। अघिल्लो महिना कात्तिकमा भने जिल्लाभर २ हजार ओटा घरजग्गा मात्रै किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले बताएको छ। त्यस्तै मंसिरमा जिल्लाभर २८ करोड रुपैयाँ राजस्व संकलन भएको छ। कात्तिकमा भने जिल्लाभर जम्मा २३ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो। कारोबार संख्या ४० प्रतिशतले र राजस्व रकम २२ प्रतिशतले बढेको विभागले बताएको छ। ‘अहिले किनबेच भएका घरजग्गाहरु सानो सानो रकमका हुन्। चितवनमा अहिलेपनि १० देखि १५ लाख रुपैयाँमा १० धुर घडेरी किन्न सकिन्छ।’ चुकेले भने,   ‘कारोबार संख्या ४० प्रतिशतले बढेपनि राजस्व रकम भने २२ प्रतिशत मात्रै बढ्नुको कारणपनि त्यहि हो।’ ७५ बिगाहमा प्लटिङ, करिब तीन हजार घडेरी विक्रीमा चितवनमा अहिले अनुमति लिएका कम्पनी र व्यक्तिगत कारोबारी गरेर १५/२० जना व्यक्तिले घरजग्गा प्लटिङ गरेर किनबेच गर्ने गरेको व्यावसायि चुकेले बताए। एकै व्यक्तिले एक बीघादेखि पाँच बीघासम्म जग्गामा प्लटिङ गरेका छन्। यसरि अहिले नगरपालिकाको मापदण्ड अनुसार नै कम्तिमा छ मिटर चौडा बाटोमा १० देखि १५ लाख रुपैयाँमै किन्न पाइने करीब ३ हजार बढी घडेरीहरु विक्रीमा रहेको उनले बताए। ‘चितवनमा महानगरभित्र पनि कम्तिमा २५ लाख रुपैयाँबाट घडेरी किन्न सकिने अर्का व्यावसायि किशोर थापाले बताए। मुख्य राजमार्गबाट ४/५ किलोमिटर दायाँबायाँ जाँदा २०/२५ लाखदेखि महानगरभित्रै पनि घरघडेरी किनबेच भइरहेका छन्।’ थापाले भने, ‘महानगरभित्र मुख्य बजार क्षेत्रमा भने जग्गाको मूल्य प्रतिकठ्ठा ६/७ करोड रुपैयाँ घटिमा किनबेच हुँदैन।’ यो पनि पढ्नुस : तरलता संकटले सबैक्षेत्र अस्तव्यस्त हुँदा पनि घरजग्गा कारोबारमा वृद्धि, कालोधनको प्रयोग भएको हो ? चारवटै मालपोतबाट करोड बढी राजस्व संकलन काठमाडौं उपत्यकापछि सबैभन्दा धेरै मालपोत कार्यालय रहेको चितवनमा चार ओटा मालपोत कार्यालयले सेवा दिइरहेका छन्। महानगरभित्रका घरजग्गा किनबेच हुने भरतपुर (चितवन) मालपोत कार्यालयले ५ देखि १० करोड रुपैयाँसम्म राजस्व उठाएपनि अन्य कार्यालयले भने ५०/६० लाख रुपैयाँ राजस्वमै चित्त बुझाईरहेका थिए। तर मंसिरमा भने चार ओटै मालपोत कार्यालयले कम्तिमा १ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेका छन्। सबैभन्दा धेरै राजस्व संकलन गर्ने चितवन मालपोत कार्यालयले मंसिरमा १९ करोड ३१ लाख रुपैयाँ राजस्व उठाउँदा  माडी मालपोतले १ करोड ३८ लाख, चनौली मालपोतले ३ करोड ८७ लाख र खैरहनी मालपोतले तीन करोड ३८ लाख रुपैयाँ राजस्व संकलन गरेका छन्। कात्तिकको तथ्याङ्कमा भने चितवन मालपोतबाट १४ करोड ९० लाख, माडिबाट १ करोड १२ लाख, चनौलीबाट ३ करोड ७ लाख र खैरहनीबाट ३ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। कारोबार संख्याको आधारमा चितवनबाट सर्वाधिक १ हजार ७०० ओटा घरजग्गा किनबेच हुँदा माडीबाट १८२ओटा, चनौलीबाट ५६६ ओटा र खैरहनीबाट ३४७ ओटा घरजग्गा किनबेच भएका छन्। यो तथ्याङ्कले महानगरभित्र पनि सस्तो मूल्यका घरजग्गा धेरै किनबेच भएको पुष्टि गरेको छ।  कात्तिकमा भने चितवन मालपोतबाट १ हजार २७८ ओटा घरजग्गा मात्रै किनबेच भएका थिए। त्यस्तै माडीबाट १०१ ओटा, चनौलीबाट ४३६ ओटा र खैरहनीबाट २६० ओटा घरजग्गा किनबेच भएका थिए। कात्तिकको तुलनामा मंसिरमा चितवनका सबै मालपोत कार्यालयको कारोबार संख्या र राजस्व वृद्धि भएको छ।

अनलाइन व्यापारको भविष्य देखेर अगाडि बढेका हौं

संकटलाई अवसरमा बदल्दै मोसफलबाट सुरु भएको व्यवसाय वरदान स्टोर हो । कोभिड–१९ का कारण बन्द रहेको समयमा पनि अनलाइन व्यवसायमा जोड दिँदै लकडाउनको अवधिमा सुरु भएको वरदान अनलाइन स्टोरले पोखरामा खाद्यान्नदेखि अत्यावश्यक वस्तुको होम डेलिभरीमार्फत सेवा प्रदान गर्दै आएका छौं । करिब १० लाख रुपैयाँको लगानीबाट सुरु गरेको यो व्यवसायामा हामीले हाल चितवनमा समेत शाखा […]

ट्राफिक प्रहरी कार्यालय, चितवन : ४ महीनामा १ करोडभन्दा बढी राजस्व संकलन

चितवन । ट्राफिक प्रहरी कार्यालय चितवनले चालू आर्थिक वर्षको चार महीनामा १ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।  कार्यालयको तथ्यांक अनुसार कात्तिक मसान्तसम्ममा १ करोड ६ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । यसमध्ये सबैभन्दा बढी कात्तिकमा ३० लाख १६ हजार संकलन भएको छ भने सबैभन्दा कम भदौमा २३ लाख ७८ हजार राजस्व असुली भएको छ । यसैगरी साउनमा २५ लाख ७३ हजार र असोजमा २७ लाख २६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ । कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भगवानराज थापाले कात्तिकमा चाडपर्व परेसँगै सवारी आवागमन तथा ट्राफिक नियम उल्लंघनका घटना बढी हुने भएकाले जरीवाना शुल्क बढी संकलन भएको बताए । ‘कात्तिकमा चाडपर्व र राजनीतिक गतिविधि पनि बढ्यो,’ उनले भने, ‘वर्षाका कारण साउनमा अन्य महीनामा भन्दा ट्रक/टिपर लगायत मालवाहक गाडी कम चले ।’ चालू आवको चार महिना अवधिमा सबैभन्दा बढी कारबाहीमा मोटरसाइकल र सबैभन्दा कम ट्र्याक्टर कारबाहीमा परेका छन् । सो अवधिमा कार्यालयले ३ हजार ३०३ मोटरसाइकलबाट २७ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो भने ५८३ ट्र्याक्टरको कारबाहीबाट ५ लाख ३६ हजार रुपैयाँ संकलन गरेको थियो । यसैगरी २ हजार ७३० ओटा कार÷जीपको कारबाहीबाट २५ लाख ८९ हजार, १ हजार ५४६ ओटा बस÷माइक्रो बसको कारबाहीबाट १४ लाख २२ हजार, २हजार २१३ वटा ट्रक/टिपरको कारबाहीबाट २३ लाख १३ हजार र १ हजार ३८१ टेम्पो तथा अन्य सवारीसाधनबाट १० लाख ५६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ । कार्यालय प्रमुख थापाले मोटरसाइकलको संख्या धेरै हुनु र ट्राफिक नियम उल्लंघन पनि तिनै सवारीसाधनको बढी हुने भएकाले राजस्व असुली धेरै भएको बताए । चितवनमा साना ठूला गरी दैनिक २५ हजार सवारीसाधन आवागमन हुने गर्छन् ।

एमाले महाधिवेशनमा ५ करोड खर्च हुने अनुमान (भिडिओ)

चितवन । नेकपा एमालेले पार्टीकाे १० औं महाधिवेशनमा ५ करोड रुपैयाँ खर्च हुने बताएकाे छ  । चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनमा ५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीका सदस्यहरुबाट ८ करोड १० लाख जम्मा हुने र करिब ५ […]

एकसिँगे गैंडा संरक्षणमा चुनौती

बाँके । बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको लोपोन्मुख एकसिँगे गैंडा संरक्षणमा चुनौती देखिएको छ । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिको असर गैंडा संरक्षणमा पर्न थालेको छ । गैंडाका चरिचरन क्षेत्रमा वनमारालगायत मिचाहा प्रजातिका वनस्पति झाँगिदै गएकाले आहाराको समस्या चुनौतीको रूपमा देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । निकुञ्जसहित मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा गैंडाले वासस्थान बनाएका छन् । बर्दियामा पाँगो माटोको समस्या छ । यस्तो माटो घट्दै गएको पाइन्छ । गैंडालाई आहालमा बस्नुपर्ने भएकाले पोखरी तथा घोल आवश्यक पर्छ । कर्णाली–गेरुवा नदीमा पानीको मात्रा घटेकाले गैंडाका वासस्थानमा पानीको समस्या छ । सन् २०१५ को अनुगमनबाट चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाटामा आठ र पर्सामा तीन गरी ६४५ एकसिँगे गैंडा छन् । सन् २०१७ र २०१८ मा चितवन राष्ट्रिय निकुञ्जबाट बर्दियामा आठ गैंडा स्थानान्तरण गरिएका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले गैंडा गणना गर्न १ करोड १० लाख लागत अनुमान गरिएको बताए । प्रत्येक चार÷पाँच वर्षमा गरिने गैंडा गणना गतवर्ष कोभिड महामारीका कारण रोकिएको थियो । निकुञ्जमा प्रत्यक्ष विधिबाट गैंडा गणना गरिएको छ । रासस

चितवनमा माछा खेती विकास गर्न करिब ३ करोडको बजेट

चितवन । चितवनमा माछा विकासका लागि दुई करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार मत्स्य पोखरी क्षेत्र विस्तारका लागि दुई करोड ५० लाख र पुरानो मत्स्य पोखरी मर्मतसम्भारका लागि ३० लाख रुपैयाँ बजेट स्वीकृत गरिएको छ ।      कार्यालय प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा. दयाराम चापागाईंका अनुसार जिल्लाभर ७५ बिघा जलाशय निर्माणका लागि दुई करोड ५० लाख विनियोजन गरिएको हो । प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जिल्लामा माछा प्रवद्र्धन कार्यक्रममा चालू आर्थिक वर्षका लागि सो बजेट विनियोजन गरेको हो । उनका अनुसार अनुदान कार्यक्रममा मात्रै पाँच करोड ५० लाख छुट्याइएको छ । कार्यालयले चालू आर्थिक वर्षमा बाख्रा, गाईभैंसी प्रवद्र्धन र यान्त्रीकरणमा पनि जोड दिएको छ । बाख्रा प्रवर्द्धनअन्तर्गत ७५ लाख बजेट रहेको चापागाईंले बताए । त्यस्तै, भरतपुर महानगरपालिका–२७ मा भैंसी प्रवर्द्धन गर्न १५ लाख, रत्ननगर नगरपालिका–२ मा गाई प्रवद्र्धन गर्न १५ लाख, कवुलियती वन तथा पशु विकास कार्यक्रमका लागि १० लाख, घाँस खेतीको स्रोत केन्द्र स्थापनादेखि प्रवर्द्धनका लागि १९ लाख ६६ हजार रुपैयाँ मन्त्रालयबाट स्वीकृत भएको उनले जानकारी दिए । कार्यालयले साना कृषक र मझौला कृषक लक्षित गाईभैंसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत साना कृषक लक्षित ३५ लाख र मझौला कृषक लक्षित गाईभैंसी प्रवद्र्धन कार्यक्रममा ३२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । रासस

दैनिक तेह्र करोडभन्दा बढी घाटा

कोरोना सङ्क्रमण नियन्त्रण गर्न गरिएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण चितवनमा पर्यटन क्षेत्रमा डेढ करोड रुपियाँ र कुखुरा पालनका क्षेत्रमा ११ करोड ६३ लाख ७५ हजार रुपियाँ दैनिक क्षति भइरहेको पाइएको छ । बोइलर र लेयर्स चल्लामा दैनिक दुई करोड सात लाख ८५ हजार, कुखुराको मासुमा आठ करोड १० लाख र अण्डामा एक करोड ४५ लाख ९० हजार रुपियाँ घाटा भएको पोल्ट्री व्यवसायी मञ्चले जनाएको छ । मञ्चका कार्यकारी निर्देशक शिवप्रसाद बरालका अनुसार सामान्य अवस्थामा भन्दा अहिले कुखुराको चल्ला, मासु र अण्डाको कारोबार घटेको र मूल्य पनि घट्दा व्यवसायीले घाटा खानु परेको छ ।

प्रचण्डको चुनावी खर्च ९ लाख ९४ हजार

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिव १० लाख रुपैयाँ खर्च गरेका छन्। पार्टी सचिवालय सदस्य सूर्य सुवेदी ‘पथिक’मार्फत जिल्ला निर्वाचन कार्यालय चितवनमा पेश गरिएको चुनावी खर्च विवरणमा प्रचण्डले ९ लाख ९४ हजार ५ सय ४२ रुपैयाँ खर्च गरेको ज...