सन् २०२० को युरोमा फ्रान्स स्तब्धपूर्ण ढंगले अन्तिम १६ को चरणबाटै बाहिरियो । सन् २०१६ मा आयोजकका रूपमा फ्रान्स उपविजेतामै सीमित रह्यो । यही फ्रान्स युरो २०२४ मा लयमा रहेको अस्ट्रियाको परीक्षाबाट गुज्रिने छ । यो खेल जितेर फ्रान्सले आफूलाई कति बलियो छ भनेर प्रमाणित गर्नुपर्नेछ ।