प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटक ठूल्ठुला चुच्चे बुलेट रेल गुडाउने, पानी जहाज चलाउनेभन्दा सर्वसाधारणका ससाना तर दैनिक जीवनसँग जोडिएका सवाललाई सम्बोधन गर्न सके चौथो ‘इनिङ्स्’ सार्थक हुने छ । कांग्रेस–एमाले गठबन्धनको बलियो सरकारको नेतृत्व लिएका ओलीका लागि काम गर्ने परीक्षा सुरु भएको छ ।