नेपाल दुरसंचार कम्पनी (नेपाल टेलिकम) ले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक्व वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २० प्रतिशत नगद लाभांश गरि कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पहिलो पटक बोनस शेयर प्रस्ताव गरेको हो । अर्थ मन्त्रालयले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले चैत्र २४ गते बिहिबार आर्मी अफिसर्स क्लब भद्रकालीमा सभा आह्वान गरेको हो । कम्पनीले सधारणसभा प्रयोजनको लागि चैत्र ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: १. साधारण प्रस्ताव : क) आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने। ख) लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने । ग) लेखा परीक्षण ऐन, २०७५ को दफा ११ मा भएको व्यवस्था अनुसार श्री पहालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५(घ) को प्रावधान अनुरूप कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७८/७९ का लागि कम्पनीको लेखा परीक्षक नियुक्त गर्ने, निजहरूको पारिश्रमिक निर्धारण गर्ने तथा नियुक्तिका अन्य सर्तहरू निर्धारण गर्ने प्रस्ताव पारित गर्ने। घ) कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा (२) बमोजिम नेपाल सरकार, अर्थ पन्त्रालयबाट स्वीकृत पए पश्चात् आ.व. २०७७/७८ को कम्पनीको पुनाफा रकम पध्येबाट शेयरधनीहरूलाई प्रति शेयर रु. २०|- (अक्षरेपी बीस रुपियाँ मात्र) का दरले नगद लाभांश (बोनस शेयर पा लाग्ने लाभांश कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्ने। २. विशेष प्रस्ताव : क) नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको नियमावलीको नियम १६ सँग सम्बन्धित अनुसूची १ मा संशोधन गर्ने। ख) कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा (२) बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भए पश्चात् कम्पनीको आ.व. २०७७/७८ को पुनाफा रकम मध्येबाट कम्पनीका शेयरधनीहरूलाई प्रत्येक १०० कित्ता शेयर बराबर २० कित्ताको अनुपातमा बोनस शेयर जारी गरी कम्पनीको जारी तथा चुक्ता पुँजी रु.१८,००,००,००,०००।- (अक्षरेपी अठार अब) पुऱ्याउने प्रस्ताव पारित गर्ने ।