ऋणीले साँवा, ब्याज समयमै नतिर्दा बैंकहरुको कमसल तथा खराब कर्जा बढेको छ । यस्तो कमसल तथा खराब कर्जालाई निष्क्रिय कर्जा (एनपीएल) भन्ने गरिन्छ । एक वर्षमै कतिपय बैंकको निष्क्रिय कर्जा बढेर दाेब्बरसम्म पुगेको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय प्रतिवेदनअनुसार गत वर्षको सोही अवधिको तुलनामा धेरैको निष्क्रिय कर्जा उच्च दरले बढेको हो ।