एक वर्षमा खराब कर्जा दोब्बर

पछिल्लो एक वर्षमा वाणिज्य तथा विकास बैंकहरूको खराब कर्जा दोब्बरभन्दा धेरैले बढेको छ । चालु आर्थिक वर्षको माघ महिनाको आर्थिक विवरणलाई गत आवको माघसँग तुलना गर्दा खराब कर्जा दोब्बरभन्दा धेरै देखिएको हो । गत असारकै तुलनामा पनि माघमा बैंकहरूको खराब कर्जा अत्यधिक बढेको छ । राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा १.२० प्रतिशत रहेको बैंकहरूको […]

सम्बन्धित सामग्री

बैंकको खराब कर्जा व्यवस्थापन गर्न सकिने तहमै

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बढेको बैंकहरूको खराब कर्जा व्यवस्थापन गर्न सकिने अवस्थामा नै रहेको बैंकरहरूले दाबी गरेका छन् । जोखिमबापत छुट्ट्याउनुपर्ने रकम बढ्दा खराब कर्जा बढेको र यसले सजग हुनुपर्ने अवस्था भने देखिएको उनीहरूको भनाइ छ ।  ‘गत आर्थिक वर्ष (आव) को अन्त्यमा वाणिज्य बैंकहरूको औसत खराब कर्जा २ दशमलव ९८ प्रतिशत रहेकोमा चालू वर्षमा ३ दशमलव ६१ प्रतिशत पुगेको छ,’ सोमवार आयोजित पत्रकार सम्मेलनमा नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले भने, ‘यो व्यवस्थापन गर्न सकिने तहमा छ, तर बैंकहरूले सजग हुनुपर्ने भएको छ ।’ दक्षिण एशियाका देशहरूको तुलनामा नेपाली बैंकहरूको खराब कर्जा कम रहेको उनले दाबी गरे ।  कोभिड–१९ महामारी र रूस–युक्रेन युद्धका कारण आर्थिक गतिविधिमा कमी आउँदा बैंकिङ क्षेत्रमा पनि असर देखिन थालेको अध्यक्ष केसीले बताए । कोभिड प्रभावबाट बचाउन कर्जाको पुन: संरचना र पुनर्तालिकीकरण गर्दा बैंकहरूको वित्तीय विवरण सहज देखिए पनि विस्तारै प्रभाव देखिन थालेको उनको भनाइ थियो । गतवर्षसम्म नेपाल राष्ट्र बैंकले कर्जा पुन: संरचना र पुनर्तालिकीकरणको सुविधा दिएको थियो । तर, चालू वर्षमा निर्माण क्षेत्रमा प्रवाह भएको कर्जा र ५ करोड रुपैयाँभन्दा सानो कर्जा मात्र पुनर्तालिकीकरण गर्न पाउने सुविधा दिएको छ । यसैगरी आर्थिक गतिविधिमा कमी आउँदा कर्जा असुलीमा समेत समस्या हुन थालेको बैंकरहरूले बताएका छन् ।  यसैगरी लामो समयपछि चालू आवको प्रथम त्रैमासमा वाणिज्य बैंकहरूको नाफा पनि पोहोरको तुलनामा घटेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बैंकहरूको नाफा २८ प्रतिशतले घटेको अध्यक्ष केसीले बताए । चालू आवको पहिलो त्रैमासमा एउटा बैंकको नाफा ऋणात्मक भएको, १३ ओटाको घटेको र ६ ओटाको सामान्य वृद्धि देखिएको उनले जानकारी दिए । यस अवधिमा बैंकहरूले जोखिम व्यवस्थाबापत छट्ट्याउनुपर्ने रकम १६ अर्ब रुपैयाँले बढेको र यसले बैंकहरूलाई नै बलियो बनाउने उनले दाबी गरे ।  पत्रकार सम्मेलनमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बैंकहरूको खराब कर्जा नबढ्ने बताए । बैंकहरूको खराब कर्जा व्यवस्थापनका लागि सरकारले विशेष नीति लिनुपर्ने उनको सुझाव छ । खराब कर्जाको दीर्घकालीन समाधानका लागि सम्पत्ति व्यवस्थापन कम्पनी बनाउने प्रावधान ल्याउन उनले माग गरे । पत्रकार सम्मेलनमा संघले जाजरकोट भूकम्पबाट पीडितलाई सहयोगार्थ बैंकहरूबाट राहत संकलन शुरू गरेको र सोमवारसम्ममा ५ करोड रुपैयाँको प्रतिबद्धता आएको जानकारी दियो । यसै गरी संघको आयोजनामा आगामी बिहीवार र शुक्रवार नेपालमा हुने एशियन बैंकिङ कन्फेरेन्सको तयारी पूरा भएको पनि अध्यक्ष केसीले जानकारी दिए ।

नाफामा गएका बैंक लाभांश दिनमा भने कमजोर

काठमाडौं । गत आर्थिक वर्षमा बैंकहरूको नाफामा वृद्धि भए पनि लाभांश दिने क्षमता भने घटेको छ । वितरणयोग्य मुनाफा घटे पनि निक्षेपको तुलनामा कर्जाको ब्याजदर उच्च र कर्जा बिस्तारमा भएको वृद्धिका कारण बैंकहरूको नाफा भने बढेको देखिएको छ । तर, बैंकहरूको खराब कर्जा बढ्दा वितरणयोग्य नाफा भने कम भएको छ । बैंकहरूले सेयरधनीलाई भन्दा पनि […]

खराब कर्जाको संकेत

मुलुकमा सञ्चालित वाणिज्य बैंकहरूको खराब कर्जा एकै वर्षमा दोब्बरले बढ्नु वित्तीय क्षेत्रका लागि राम्रो संकेत होइन । गत वर्ष अर्थतन्त्रमा सुस्तता देखिए पनि अहिलेसम्म बैंकिङ क्षेत्रमा कुनै समस्या देखिएको थिएन । बैंकहरूले गत वर्ष ७० अर्बभन्दा धेरै कमाएका छन् । तर, वर्षको अन्त्यमा आउँदा खराब कर्जा बढेर ३ प्रतिशत नजिक पुग्नु पक्कै राम्रो संकेत होइन […]

वर्षमै बैंकको खराब कर्जा दोब्बर

अर्थतन्त्रमा मन्दी आउँदा गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको खराब कर्जा दोब्बरले बढ्न पुगेको छ । बैंकहरूले प्रकाशन गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणले खराब कर्जाको अवस्था बढेको देखाएको हो । मासिक तुलना गर्दा भने गत चैत तथा वैशाखमा भन्दा असारमा खराब कर्जाको अवस्था केही सुधार भएको छ । २०७९ असारमा १.२० प्रतिशत रहेको वाणिज्य […]

सिटिजन्स बैंकले कमायो साँवा २ अर्ब नाफा, खराब कर्जा ३.१९ प्रतिशत पुग्यो

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्ष (२०७९/८०) मा २ अर्ब २१ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको खुद नाफा १०.४१ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ५६ लाख १० हजार रुपैयाँ नाफा कमाएको थियो ।अघिल्लो वर्षको तुलनामा सिटिजन्सको खराब कर्जा भने बढेको छ । खराब कर्जा […]

खराब कर्जा घटाउन सकेनन् बैंकले

चालु आर्थिक वर्षमा खराब कर्जा घटाउन नसक्दा बैंक तथा वित्तीय संस्थाहरूलाई तनाव भएको छ । अर्थतन्त्रमा आएको सुस्तता र कर्जाको उच्च ब्याजदरका कारण बैंकहरूले खराब कर्जा घटाउन नसकेका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्ममा ‘क’ वर्गका वाणिज्य बैंकको खराब कर्जा ३.२३ प्रतिशत, ‘ख’ वर्गका विकास बैंकको ३.४० प्रतिशत र ‘ग’ वर्गका वित्तीय संस्थाको […]

एक वर्षमै साढे ५४ अर्बले बढ्यो खराब कर्जा

गएको एक वर्षमा वाणिज्य बैंकहरूको खराब कर्जा करिब साढे ५४ अर्ब रुपैयाँले बढेको छ । उक्त अवधिमा आर्थिक गतिविधिमा मन्दी आएको, घरजग्गा कारोबार सुस्ताएको लगायत कारणले तोकिएको समयमा साँवा, ब्याज भुक्तानी हुन नसक्दा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेको जानकारहरू बताउँछन् ।

वाणिज्य बैंकको खराब कर्जा ५० अर्ब रूपैयाँ माथि

२७ वाणिज्य बैंकहरूले अघिल्लो आर्थिक वर्षमा २८ खर्ब ८६ अर्ब २७ करोड रूपैयाँ कर्जा प्रवाह गरेका थिए। त्यस अवधिमा वाणिज्य बैंकहरूको खराब कर्जा अनुपात औसतमा १.७३ प्रतिशत अर्थात ४९ अर्ब ९२ करोड १० लाख रूपैयाँ थियो। गत आर्थिक वर्ष सबै वाणिज्य बैंकहरूले ३६ खर्ब...

स्वस्थ बन्दै वाणिज्य बैंक, १६ बैंकको खराब कर्जा घट्यो

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरूले खराब कर्जा घटाउन थालेका छन् । उनीहरूले पछिल्लो दुई वर्षमा प्रकाशन