गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाले एक हजार ७६७ रोपनी बाँझो जग्गालाई उत्पादन योग्य (कृषि योग्य) जमिनमा परिणत गरेको छ।गाउँपालिकाले पालिका भित्र बाँझो जग्गा नराख्ने गरी लिएको नीति अनुरुप एक हजार ७६७ रोपनी जग्गामा फलफूल र अन्नबाली लगाइएको गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिए।कोरोना माहामारीको समयमा बाँझो जग्गामा खेती गर्नेलाई अनुदान दिने गाउँपालिकाले नीति लिएको थियो। सोही समय र हालसम्म गरी बाँझो जग्गामा फलफूल र अन्नबाली लगाई फलफूलका बिरुवाहरू हुर्कंदै गएको, अन्न वालीबाट किसानले उत