सल्यान : धेरै युवायुवती रोजगारीका लागि विदेश पलायन हुँदा ग्रामीण भेगमा बालबालिका र वृद्धवृद्धा मात्र छन्। सक्रिय जनशक्ति नहुँदा खेतीयोग्य जमिन बाँझो बस्न थालेका छन्। वषौंदेखि खेतीपाती हुँदै आइरहेका बारीमा आजभोलि खर पलाएको छ। खेती गर्ने जनशक्ति अभाव हुँदा सल्यान शारदा नगरपालिका–५ रानिकोटमा बाँझो जमिनमा सामूहिक घाँस खेती थालनी गरिएको छ। रानीकोटका २५ परिवारले झण्डै पाँच सय रोपनी बाँझो जमिनमा सामूहिक रूपमा घाँस लगाएका छन्। व्यावसायिक र र्दीघकालीन सोचका साथ घ