शुक्लागण्डकी नगरपालिका क्षेत्रका बाँझो जग्गा सदुपयोग गर्न अभियानकै रुपमा शुरु गरिएको छ । कोभिड–१९ बाट सुरक्षित हुन नेपाल सरकारले गरेको लक डाउनका कारण जनजीवन प्रभावित हुँदै गएपछि बाँझो जग्गा नराख्ने अभियान शुरु गरिएको हो ।
बागलुङ- बागलुङमा एक हजार आठ सय ५० रोपनी जग्गा चक्लाबन्दी गरिएको छ । चक्लाबन्दीमा गरिएको फलफूलखेतीले अधिकांश बाँझो जग्गा हराभरा हुन थालेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाँझो जग्गाको सदुपयोग तथा जग्गाको उपयोगिता बढाउन गरिएको चक्लाबान्दी कार्यक्रम प्रभावकारी बनेको छ ।
तरकारीखेती बाहेक ओखर, कागती,...
१० चैत, बुटवल । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हिजोआज देशका धेरै ठाउँमा सामूहिक खेती गरिरहेको छ । शैक्षिक संस्था र व्यक्तिका बाँझो जग्गा भाडामा लिएर देशका विभिन्न जिल्लामा गरी करिब ८० ठाउँमा सामूहिक खेती गरिएको सो पार्टीका नेताहरुले बताएका छन् । नेकपाले केही ठाउँमा उद्योग पनि सञ्चालन गरेको छ । नेकपाले केन्द्रीय […]
१५ पुस, बेनी । बेनी नगरपालिका–४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतवारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गरेकी थिइन् । धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करिब २५ वर्षअघि तीन तोला सुनको गरगहना बेचेर सुन्तलाको बगैँचा स्थापना गरेका हुन् । घरमा काम गर्ने जनशक्ति नभएको र आम्दानीको स्रोत पनि नभएकाले हुमेनले गरगहना […]
कास्की- कास्कीको रुपा गाउँपालिकाले पालिकाभित्र बाँझिएका खेतीयोग्य जग्गाको उपयोग गर्ने गरी भूमि बैंक स्थापना गर्ने तयारी गरेको छ । भूमि बैंक स्थापनाका लागि पालिकाले भूमि बैंक कार्यक्रम सञ्चालन कार्यविधि तयार गरी गाउँसभाबाट पारित गरी प्रक्रिया अघि बढाएको छ । गाउँपालिकाले भूमि बैंक सञ्चालन गर्नका लागि बाँझिएका जग्गाको सूचीकरण गर्न भूमि बैंकमा राख्न चाहने सर्वसाधारणका लागि […]
कर्णाली, ७ भदौ । कर्णालीमा खेती नगरी बाँझो राखिएको जग्गालाई सदुपयोग गर्न व्यावसायिक कृषि करारको प्रावधान ल्याइएको छ । प्रदेशसभाबाट पारित भएको कर्णाली कृषि व्यवसाय प्रवद्र्धन ऐन, २०७९ मा खेती नगरी कानुनले तोकेको अवधिसम्म बाँझो रहेको जग्गा सम्बन्धित जग्गाधनीको मञ्जुरीमा प्रदेश सरकारले करार सम्झौता गरी प्रयोगमा ल्याउन सक्ने व्यवस्था गरेको हो । ऐनको परिच्छेद ४ […]
कर्णालीमा खेती नगरी बाँझो राखिएको जग्गालाई सदुपयोग गर्न व्यावसायिक कृषि करारको प्रावधान ल्याइएको छ । प्रदेशसभाबाट पारित भएको कर्णाली कृषि व्यवसाय प्रवद्र्धन ऐन, २०७९ मा खेती नगरी कानुनले तोकेको अवधिसम्म बाँझो रहेको जग्गा सम्बन्धित जग्गाधनीको मञ्जुरीमा प्रदेश सरकारले करार सम्झौता गरी प्रयोगमा ल्याउन सक्ने व्यवस्था गरेको हो । ऐनको परिच्छेद ४ मा व्यावसायिक कृषि करारको व्यवस्था गरिएको छ । कृषियोग्य जग्गा कृषि परियोजना बमोजिम, सार्वजनिक जग्गाको हकमा स्थानीय तहको सिफारिसमा र वन क्षेत्र नभएको
गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाले एक हजार ७६७ रोपनी बाँझो जग्गालाई उत्पादन योग्य (कृषि योग्य) जमिनमा परिणत गरेको छ।गाउँपालिकाले पालिका भित्र बाँझो जग्गा नराख्ने गरी लिएको नीति अनुरुप एक हजार ७६७ रोपनी जग्गामा फलफूल र अन्नबाली लगाइएको गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिए।कोरोना माहामारीको समयमा बाँझो जग्गामा खेती गर्नेलाई अनुदान दिने गाउँपालिकाले नीति लिएको थियो। सोही समय र हालसम्म गरी बाँझो जग्गामा फलफूल र अन्नबाली लगाई फलफूलका बिरुवाहरू हुर्कंदै गएको, अन्न वालीबाट किसानले उत
गलकोट, ३० चैत । बागलुङको ताराखोला गाउँपालिका–३ श्याम खर्क आसपासका ५८ घरमध्ये अधिकांशमा ताल्चा लागेको छ । बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच÷सात घरमा मात्रै बसोबास छ । उजाडिएको गाउँबाट अध्ययनका लागि विदेश जाने योजना बनाएका ३५ वर्षीय मेखबहादुर थापा अहिले बाख्रापालनमा लागेका छन् । श्यामखर्कमा बसाइँसराइका कारण धेरै जग्गा बाँझो छ । धौलागिरि क्याम्पसबाट […]
सल्यान : धेरै युवायुवती रोजगारीका लागि विदेश पलायन हुँदा ग्रामीण भेगमा बालबालिका र वृद्धवृद्धा मात्र छन्। सक्रिय जनशक्ति नहुँदा खेतीयोग्य जमिन बाँझो बस्न थालेका छन्। वषौंदेखि खेतीपाती हुँदै आइरहेका बारीमा आजभोलि खर पलाएको छ। खेती गर्ने जनशक्ति अभाव हुँदा सल्यान शारदा नगरपालिका–५ रानिकोटमा बाँझो जमिनमा सामूहिक घाँस खेती थालनी गरिएको छ। रानीकोटका २५ परिवारले झण्डै पाँच सय रोपनी बाँझो जमिनमा सामूहिक रूपमा घाँस लगाएका छन्। व्यावसायिक र र्दीघकालीन सोचका साथ घ