काठमाडौं : पाकिस्तानको खेबर पख्तुनख्वा प्रान्तमा एक सैन्य केन्द्रमा भएको आत्मघाती आक्रमणमा कम्तीमा ९ सैनिकको मृत्यु भएको छ। बान्नु जिल्लाको जानी खेल क्षेत्रमा रहेको सैन्य केन्द्रमा एक आतंककारीले विस्फोटक पदार्थ भरिएको मोटरसाइकलबाट आत्मघाती आक्रमण गरेको अधिकारीहरुले जनाएका छन्। घटनामा २० सैनिक घाइते भएका छन्। पाकिस्तानी प्रधानमन्त्री अन्वार उल हक काकरले सैन्य केन्द्रमा हृदयविदारक आक्रमण भएको ट्विटरमा उल्लेख गर्नुभएको छ। यसैबीच जापानले आफ्नो रक्षा बजेटमा अपूर्व वृद्धि गरेको छ।