सन्दीपसहित क्रिकेट खेलाडीको खातामा सरकारले हालिदियो जनही १३ लाख रुपैयाँ, पारसले दिए- धन्यवाद

विभिन्न अन्तर्राष्ट्रिय खेलकुदमा नेपाललाई पदक जिताउने खेलाडीहरूलाई लामो समयपछि सरकारले घोषित पुरस्कार राशि उपलब्ध गराएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रम गरी युवा तथा खेलकुदमन्त्रीसहित खेल पदाधिकारीहरूको उपस्थितिमा विभिन्न विधाका खेलाडीहरूको खातामा सिधै रकम जम्मा गरिएको जानकारी गराइएको हो । सो अवसरमा खेलाडीहरूलाई सम्मानपत्रसमेत वितरण गरियो । सबै विधामा गरी सरकारले...

सम्बन्धित सामग्री

सन्दीपको सफाईपछि चितवन क्रिकेट संघले दियो उच्च अदालतलाई धन्यवाद

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाई दिएपछि जिल्ला क्रिकेट संघ चितवनले उच्च अदालत पाटनलाई धन्यवाद दिएको छ । संघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उच्च अदालत पाटनलाई आभार प्रकट गरेको हो । संघले सन्दीपको खेल जीवनको उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना व्यक्त गरेको छ । सन्दीपले चितवनबाट आफ्नो क्रिकेट खेल जीवन सुरु गरेका हुन् […]

पिएम कप क्रिकेट खेल्न काठमाडौँतर्फ लाग्यो सुदूरपश्चिमको महिला टोली

बैतडी : प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न सुदूरपश्चिमको टोली काठमाडौँतर्फ प्रस्थान गरेको छ। टोली राजधानीतर्फ प्रस्थान गर्नुअघि एक कार्यक्रमबीच बिदाइ गरियो।टोलीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्ने लक्ष्यका साथ खेल्ने कप्तान रितु कनौजियाले बताइन्। यसैबीच खेलाडीहरूलाई ट्र्याकसुट प्रायोजन गरेका सहदेव चन्द र दिनेश मल्ललाई धन्यवाद ज्ञापन गरिएको छ। सुदूरपश्चिम प्रदेशको टोलीमा कप्तान रितुसँगै उपकप्तानमा विन्दु रावल, जानकी थापा, रूवी पोद्दार,

धन्यवाद कोच मोन्टी देसाई

यी मनुष्य यस्तो बेला आए जुन बेला नेपाली क्रिकेटको भविष्यमा बादल लागेको थियो । यी सज्जनले यस्तो जादुयी तीर चलाए कि बादल फाटेर नेपाली क्रिकेट आकाशमा चम्किला ताराहरू देखिन थालेका छन् ।

अर्घाखाँचीमा अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता आजबाट सुरु

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ । खेलको उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख जिवनारायण कोइरालाले जिल्लामा पहिलो पटक सुविधा सम्पन्न खेल क्षेत्रको विकासको लागि छत्रदेव गाउँपालिकाले रगंशालासहितको खेल मैदान निर्माण गरेकोमा धन्यवाद दिँदै हरेक पालिकाले खेल मैदान निर्माण गर्न आग्रह गर्नुभयो । यस्तै क्रिकेट क्षेत्रको विकाससंगै खेलाडी […]

शल्यक्रियापछि ऋषभ पन्तको पहिलो पोस्ट, लेखे – रजत–निशुको सधैँ ऋणी रहनेछु

मुम्बई । कार दुर्घटनामा घाइते भएका भारतीय क्रिकेट टोलीका विकेटकिपर ऋषभ पन्तले घटनापछि पहिलोपटक सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । घुँडाको शल्यक्रियापछि उनले फ्यानहरूलाई धन्यवाद दिएका छन् । २५ वर्षीय पन्तले आफ्नो पोस्टमा लेखेका

क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदुले दिए राजीनामा

नेपाल राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन्।क्रिकेट संघ क्यानका अनुसार उनले स्कटल्याण्ड भ्रमण सुरु हुनु अघि नै राजीनामा दिएका थिए। आज पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षकले औपचारिक रुपमा मिडियामा आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनको व्यक्तिगत निर्णयको सम्मान गर्दै उनको राजीनामा स्वीकृत गरेको क्यानले जनाएको छ  ।पुबुदुले नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए । उनले पत्रकार सम्मेलनमा  यो आफ्नो कोचिङ करियरको सबैभन्दा कठिन निर्णय भएको बताएका छन्।उनले भने 'मलाई नेपाल क्रिकेट मन पर्छ र यो चरणमा छाड्दा म निकै भावुक छु । मेरो प्रस्थानको कारण मेरो परिवारको हेरचाह गर्नु हो जब उनीहरूलाई मलाई सबैभन्दा बढी आवश्यक छ। यदि मैले मेरो परिवारको लागि समय दिन सक्दिन भने म पछुताउनेछु। नेपाली टिमलाई शुभकामना । मलाई नेपाली टोलीमा फर्कने मौका दिनुभएकोमा र मेरो क्षमतामा विश्वास गर्दै नेपाल क्रिकेट संघलाई विशेष धन्यवाद । क्यान लाई धेरै धेरै शुभकामना ।'

६ विश्व कप खेल्ने भारतीय क्रिकेटर मिथालीद्वारा सन्न्यासकाे घाेषणा

काठमाण्डाै – भारतीय महिला क्रिकेट टिमकी पूर्वकप्तान मिथाली राजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेकी छिन् । ट्विटरमा एक विज्ञप्तिमार्फत उनले समर्थकहरूलाई उनीहरूको मायाका लागि धन्यवाद भनेकी छिन् । २३ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट करियरमा मिथालीले १२ टेस्ट, दुई सय ३२ एकदिवसीय अन्तर्राष्ट्रिय र ८९ टी–२० अन्तर्राष्ट्रिय खेलेकी छिन् ।  ३९ वर्षीया मिथालीले ६ पटक एकदिवसीय विश्व कप खेलेकी छिन् । सन् २००५ को विश्व कपमा मिथालीले पहिलो पटक टिमको नेतृत्व गरेकी थिइन् र भारत उपविजेता बनेको थियो । महिला...

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने : ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै अफ्रिदीले आतिथ्य सत्कारका लागि नेपालीलाई धन्यवाद दिएका छन् । ‘शाही आतिथ्य सत्कारका लागि नेपालीलाई हृदयदेखि नै धन्यवाद र म विमानबाट बाहिर निस्किनेबित्तिकै घरजस्तै महसुस भयाे । निकै धेरै सम्झना लिएर घर फर्किएकाे छु’, उनले ट्विटरमा लेखेका छन् । — Shahid Afridi (@SAfridiOfficial) September 28, 2021साथै अफ्रिदीले नेप...

अखिल नेपाली युवा संघले पारस खड्कालाई दियो धन्यवाद

मौलिक जरोकिलो पार्टीको विशिष्टीकृत संघ अखिल नेपाली युवा संघले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई नेपाली क्रिकेट क्षेत्रमा पुर्याउनुभएको योगदानको लागि हार्दिक धन्यवाद ज्ञापन एवं अभिनन्दन गरेको छ । अन्तरराष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिने घोषणा गरेपछि पूर्वकप्तान पारस खड्काले नेपाली क्रिकेट क्षेत्रलाई अन्तरराष्ट्रिय क्षेत्रमा समेत क्रिकेटको उदाउँदो शक्ति बनाउन खड्काले ठुलो योगदान पुर्याएको भन्दै सम्मान गरेको हो । अत्यन्त सिमित स्रोत साधनका बाबजुद नेपाली राष्ट्रिय क्रिकेट टिमले उत्साहजनक खेल प्रदर्शन गर्दै यो स्तर...