मौलिक जरोकिलो पार्टीको विशिष्टीकृत संघ अखिल नेपाली युवा संघले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई नेपाली क्रिकेट क्षेत्रमा पुर्याउनुभएको योगदानको लागि हार्दिक धन्यवाद ज्ञापन एवं अभिनन्दन गरेको छ ।
अन्तरराष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिने घोषणा गरेपछि पूर्वकप्तान पारस खड्काले नेपाली क्रिकेट क्षेत्रलाई अन्तरराष्ट्रिय क्षेत्रमा समेत क्रिकेटको उदाउँदो शक्ति बनाउन खड्काले ठुलो योगदान पुर्याएको भन्दै सम्मान गरेको हो ।
अत्यन्त सिमित स्रोत साधनका बाबजुद नेपाली राष्ट्रिय क्रिकेट टिमले उत्साहजनक खेल प्रदर्शन गर्दै यो स्तर...