काठमाण्डाै – भारतीय महिला क्रिकेट टिमकी पूर्वकप्तान मिथाली राजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेकी छिन् । ट्विटरमा एक विज्ञप्तिमार्फत उनले समर्थकहरूलाई उनीहरूको मायाका लागि धन्यवाद भनेकी छिन् ।
२३ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट करियरमा मिथालीले १२ टेस्ट, दुई सय ३२ एकदिवसीय अन्तर्राष्ट्रिय र ८९ टी–२० अन्तर्राष्ट्रिय खेलेकी छिन् ।
३९ वर्षीया मिथालीले ६ पटक एकदिवसीय विश्व कप खेलेकी छिन् । सन् २००५ को विश्व कपमा मिथालीले पहिलो पटक टिमको नेतृत्व गरेकी थिइन् र भारत उपविजेता बनेको थियो । महिला...