बैतडी : प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न सुदूरपश्चिमको टोली काठमाडौँतर्फ प्रस्थान गरेको छ। टोली राजधानीतर्फ प्रस्थान गर्नुअघि एक कार्यक्रमबीच बिदाइ गरियो।टोलीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्ने लक्ष्यका साथ खेल्ने कप्तान रितु कनौजियाले बताइन्। यसैबीच खेलाडीहरूलाई ट्र्याकसुट प्रायोजन गरेका सहदेव चन्द र दिनेश मल्ललाई धन्यवाद ज्ञापन गरिएको छ। सुदूरपश्चिम प्रदेशको टोलीमा कप्तान रितुसँगै उपकप्तानमा विन्दु रावल, जानकी थापा, रूवी पोद्दार,