न्युज अफ नेपाल, हेटौंडा । कोभिडविरुद्ध खोप दुरुपयोग भएको विषयमा समाचार लेखेको भन्दै रामेछाप नगरपालिका–६ स्थित जनकल्याण माविका शिक्षक ख्यानबहादुर श्रेष्ठले पत्रकार महासंघ बागमती प्रदेश समिति सदस्य ज्ञानु श्रेष्ठलाई अपशव्द प्रयोग गरेका छन् । उनले पत्रकारलाई सडकमै कुट्ने धम्की दिएका हुन् । उक्त घटनाप्रति नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ […]