नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमन फर्कने खतरा रहेको बताएका छन् ।
शनिवारबाट शुरू भएको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले प्रतिगमन फर्कने खतरा रहँदासम्म वाम लोकतान्त्रिक सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएका हुन् ।
‘प्रतिगमनप्रति अझै पनि सचेत हुनुपर्छ, प्रतिगमनको खतरा रहँदासम्म वाम लोकतान्त्रिक सहकार्य गरिनुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘फेरि यो कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी पुनर्गठन गरेर सबै शक्तिहरूलाई एकताबद्ध गरेर सामाजिक आर्थि...