नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा प्रतिगमनको खतरा कायम रहेसम्म गठबन्धन रहने बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धन चितवनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले प्रतिगमनका विरुद्धका लागि गठबन्धन बनेको स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धन बनेको उल्लेख गर्दै भन्नुभयो, “निकै दुःख गरी गठबन्धन बनाइएकाले प्रतिगमको खतरा नटरेसम्म …