काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानमाथि प्रहार हुने क्रम नराेकिएकाे भन्दै प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको बताउनुभएकाे छ । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएकाे ७३ वर्ष पूरा भएकाे अवसरमा आज शुक्रवार शुभकामना दिँदै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
अध्यक्ष प्रचण्डले दक्षिणपन्थी संशोधनवाद, राष्ट्रिय आत्मसमर्पणवाद, प्रतिगामी एवम् तानाशाही प्रवृत्तिविरूद्ध सङ्घर्ष गर्नु यतिबेला सच्चा कम्युनिस्टहरूको ऐतिहासिक जिम्मेवारी भएकाे पनि बताउनुभयाे ।...