काठमाडौँ– आज प्राकृतिक विपद् न्यूनीकरण दिवस। दिवसको सन्दर्भ पारेर अतुल्य फाउन्डेसनले अपांगता भएकाहरुको लागि जनचेतनामूलक भिडियो तयार गरेको छ। भिडियोमार्फत अपाङ्गता भएका व्यक्तिलाई आगलागी तथा भूइचालोको समयमा के कसरी सुरक्षित रहने भन्ने सन्देश दिइएको छ। अतुल्यले विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको तथा अपांगता भएका व्यक्तिका संस्थाहरुसमेतको सहकार्य तथा सहयोगमा उक्त भिडियो तयार गरेको हो। […]