पुतलीसडकमा आगलागी

काठमाडौं । पुतलीसडक चोकमा रहेको विद्युत प्राधिकरणको ट्रान्समिटर पड्किँदा आगलागी भएको छ । चोकमै रहेको ट्रान्समिटर र कम्प्युटरबजार अगाडी रहेको बिजुलीको पोलमा आगो बलिरहेको छ । थप विवरण आउन बाँकी छ । The post पुतलीसडकमा आगलागी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

काठमाडौँको पुतलीसडकमा आगलागी

काठमाडौँ। काठमाडौँको पुतलीसडकस्थित एक घरमा आगलागी भएको छ । सोमबार दिउँसो एक घरको चार तलामाथि रहेको लुम्बिनी तन्दुरीमा आगलागी भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काठमाडौं महानगर, नेपाल प्रहरी लगायतको दमकलले आगो नियन्त्रणमा लिएको छ । आगलागीको कारण खुलिसकेको छैन । थप विवरण आउन बाँकी छ।

पुतलीसडकमा आगलागी हुँदा ९ लाखको सामान जलेर नष्ट

काठमाडौँ । काठमाडौँको पुतलीसडकमा आगलागीबाट ९ लाखको धनमाल जलेर नष्ट भएको छ। काठमाडौँ महानगरपालिका–२८ पुतली सडकस्थित रत्न गोविन्द श्रेष्ठको घरमा ग्यास लिक भई आइतबार बेलुकी आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट भान्छा कोठा, बैठक कोठा र घर नजिकैको उनकै छोरा जीवन गोविन्द श्रेष्ठको भान्छा कोठा तथा बैठक कोठामासमेत रहेको सामानहरू जलेर करिब ९ लाख रूपैयाँ […]

पुतलीसडकमा आगलागी

काठमाडौंको पुतलीसडकमा आगलागी भएको छ । पुतलीसड्कस्थित एक घरमा आगो निभाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिम घटनास्थलमा पुगेका छन् । आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । नेपाल प्रहरीको विपद् व्यवस्थापन महाशाखाको टिम पनि परिचालन गरिएको छ । ३ वटा दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास गरिएको छ । आगलागीको कारण खुलेको छैन् ।

काठमाण्डौको पुतलीसडकमा विद्युत सर्ट भएर आगलागी

काठमाण्डौ - काठमाण्डौको पुतलीसडकमा आगलागी भएको छ । पुतलीसडक चोकमा रहेकाे विद्युतीय पोलमा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीका कारण अन्य क्षति नभएको पनि प्रहरीले जनाएको छ । तस्बिर  : गीता अधिकारी

पुतलीसडकको एक घरमा आगलागी

काठमाडौँको पुतलीसडकमा आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–३१ पुतलीसडकस्थित कृष्णशङ्कर कसजुको घरको दोस्रो तलामा आज अपराह्न आगलागी हुँदा कन्सल्टेन्सीमा क्षति पुगेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता सोमेन्द्रसिंह राठौरले आगलागी हुँदा स्टाण्डर्ड एजुकेशन कन्सल्टेन्सीको एक कोठामा क्षति पुगेको जानकारी दिनुभयो ।