एयर होस्टेस सानुको फरक अवतरण : दुखीहरुको जीवनको दाग मेट्ने अभियानमा लोभलाग्दो सक्रियता

लमजुङ्की सानु गुरुङको सपना थियो- एयर होस्टेस बन्ने। प्लस टु सकिए लगत्तै दाजुले एभिएसन तालिमका लागि पठाए। काम थाले पनि पढाईलाई निरन्तरता दिनु पर्ने शर्तसहित। सानु राजी भइन्। तालिम लगत्तै अवसरहरुको खोजी थालिन्। आफूजस्तै एयरहोस्टेस बन्ने साझा सपना देखेकाहरुसँग प्रतिस्पर्धा गरिन्। छनौटमा पर्न सजिलो रहेनछ भन्ने थाहा भएपछि थप मेहनत

सम्बन्धित सामग्री

विमानमै दुर्व्यवहार गरेको आरोपमा नेपाली पाइलट निलम्बन

काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणले आकाशमै विमान परिचारिकालाई 'दुर्व्यवहार' गरेको भन्दै दुईजना पाइलटलाई निलम्बन गरेको छ। नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१६ बाट १२ साउनमा काठमाडौँ फर्कँदै गर्दा आकाशमै विमानपरिचारिका (एयर होस्टेस)लाई 'दुर्व्यवहार' गरेको भन्दै प्राधिकरणले उडानका चालक दलका सदस्य उनीहरूलाई निलम्बन गरेको छ। क्याप्टेन र को–पाइलटले एयर होस्टेसलाई ककपिटमा बोलाएर उडान अवधिभर काखमा राखेको पाइएको बताइएको छ। त्रिभुवन विमानस्थलमा जहाज अवतरण गर्दा समेत ती 'एयर होस्ट...

विमान अवतरण गर्नुअघि एयर होस्टेसले किन बत्ती निभाउँछन् ?

यात्रुहरू हवाईजहाजमा यात्राको आनन्द लिन्छन्। विमानमा यात्रुहरूलाई कुनै समस्या छैन र त्यहाँ फ्लाइट अटेन्डेन्टहरू वा एयर होस्टेसहरू सबै तरिकाले मद्दत गर्छन् । उडानका चालक दलका सदस्यहरूलाई उनीहरूको प्रशिक्षणमा धेरै कुराहरू सिकाइन्छ जुन यात्रुहरूलाई सामान्यतया थाहा हुँदैन। विमानमा हुने धेरै कुराको पछाडी एउटा विज्ञान छ, जुन विमान चालक दललाई मात्र थाहा हुन्छ। एयर होस्टेस सिएरा मिस्टले […]

७३ जनाको ज्यान बचाएका बुद्ध एयरका पाइलट नै दोषी ठहर, के हुन्छ कारबाही ?

असोज ११ गते ल्याण्डिङ गेयर (पांग्रा) नखुलेर विराटनगरबाट काठमाडौँ फर्काएर सकसपूर्ण रुपमा अवतरण भएको बुद्ध एयरको जहाजका पाइलट दोषी देखिएका छन् । उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले गठन गरेको छानबिन समितिले पाइलट एजी शेर्पालाई दोषी देखाएको हो ।समितिले बिहीबार प्रतिवेदन बुझाएको हो । उक्त प्रतिवेदनमा पाइलटलाई दोषी ठहर गरिएको छ ।जहाजको पांग्रा खुलेको तर, पाइलटले चेकलिस्ट नहेरेका कारण विराटनगरमा अवतरण हुनुपर्ने बुद्धको जहाज काठमाडौँ फर्काएर आकस्मिक अवतरण गर्नुपरेको समितिको भनाई छ । यसो हुनुमा पाइलट नै जिम्मेवार हुने भन्दै समितिले आफ्नो प्रतिवेदनमा पाइलटलाई ३ महिना निलम्बन गर्न सिफारिस गरेको छ ।छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्राधिकरणले सुरक्षा व्यवस्थापन शाखालाई पत्राचार गरिसकेको जनाएको छ । समितिले बिहीबार प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीलाई प्रतिवेदन बुझाएको हो ।पाइलट झुक्किएका हुन् ?काठमाडौँबाट ७३ जना यात्रु (चालक दलका सदस्यसहित) बोकेर विराटनगर उडेको बुद्धको उक्त जहाज अवतरण हुने समयमा पांग्रा नखुलेपछि क्याप्टेन शेर्पा र प्रशिक्षार्थी को–पाइलट अमन अन्सारीले काठमाडौँ फर्काए ।पांग्रा खुले नखुलेको यकिन नभएपछि पाइलटले अवतरण नगराउनु राम्रो पक्ष भएपनि अघिल्लो दिन रातको उडानमा ‘डिम–लाइट’ मोडमा राखिएको इपन्डकेटर बिहानको उडानमा ‘ब्राइटनेस–मोड’ मा राख्न पाइटलले नै बिर्सिएको प्रतिवेदनमा औल्याईएको छ ।समितिले जहाज उडानुअघि ककपिटका सबै बत्तीको अवस्था जाँच नगरिएको पाईएको जनाएको छ । यसलाई सामान्य गल्ती तथा कमजोरीले निम्त्याएको खतरा भएको पनि समितिले जनाएको छ ।‘जहाजभित्र पर्याप्त साधन र स्रोत हुँदाहुँदै पनि तिनको सदुपयोग नगरी बाहिरी (विराटनगर र काठमाडौं टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर र एयर होस्टेस) सूचनामा भर परेको देखियो,’ प्रतिवेदनमा भनिएको छ । अब कहिले उड्न पाउँछन् पाइलट शेर्पा ?पाइलट शेर्पा प्रशिक्षक पाइलट समेत हुन् । उनी बुद्धको एटीआर ४२ र ७२ जहाजका प्रशिक्षक पाइलट डीसीपी (डेजिग्नेटेड चेक पाइलट) हुन् ।तर, यो घटनापछि बुद्धको डीसीपीको इजाजत ३ महिनाका लागि र प्राधिकरणमा भएको डीसीपीको इजाजत ६ महिनाका लागि निलम्बन गरिएको छ । अब उनी बुद्धकै प्रशिक्षक पाइलटसँग २५ घण्टा अनिवार्य उडेपछि मात्रै ‘रिलिज’ हुनेछन् । शेर्पाले आईपी ३ महिनापछि र डीसीपी ६ महिनापछि मात्रै पाउँने छन् ।को–पाइलट अन्सारी भने ५० घण्टा अनिवार्य उड्नुपर्नेछ ।